रशलाईट मिडियाको नेपाल फेशन आइडल २०७४ अडिसन

Hollywood Khabar August 15,2017 Comments

काठमाडौं रशलाईट मिडियाले आयोजना गरेको नेपाल फेशन आइडल २०७४ को पहिलो अडिसन सम्पन्न भएको छ। फेशन आइडलमा सहभागी हुन चाहनेहरुको संख्या धेरै भएकोले भाद्र ३ गते शनिबार फेरी अडिशन हुने आयोजक संस्थाकी अध्यक्ष रमिता भण्डारीले जानकारी दिइन। साथै कार्यक्रमको विजेतालाई अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर समेत प्रदान गरिने छ।
पहिलो अडिसनमा सहभागीहरुको उत्साहपूर्वक सहभागीता रहेको थियो।अडिशनको निर्णायकहरुमा कोरियोग्राफर अश्विनी झा, गायिका तथा मोडल एंव रशलाईट मिडियाकी अध्यक्ष रमिता भण्डारी, भिन्तुना इन्टरनेशनल युएसएका निर्देशक रोशन पुरी, ड्रेस डिजाइनर प्रतिमा महर्जन,संगीतकार तथा व्यवसायी सुरत प्रधान रहेका थिए।
ललितपुरको भेल्भेट लन्ज झम्सिखेलमा यो प्रतियोगिताको अडिसन हुनेछ। यो प्रतियोगिता मोडलिङ क्षेत्रमा आउन चाहने युवायुवतीलाई लक्षित गरेर आयोजना भएको यस प्रतियोगिताको अहिले फर्म खुल्ला भएको छ। १६ वर्षदेखी २९ वर्ष उमेर समुहका युवायुवतिले सहभागी हुन पाउने यस प्रतियोगितामा केटाको ५।५ फिट र केटीको ५ फिट उचाई हुनु पर्ने आयोजक संस्था रशलाईट मिडियाले जनाएको छ ।
नेपाल फेशन आईडलको विजेताले नगद २५ हजारसहित विज्ञापनमा खेल्न पाउने छन् । साथै विभिन्न आकर्षक उपहार तथा मोडलिङ सम्बन्धी अवसर प्रदान गरिने आयोजक संस्थाकी अध्यक्ष रमिता भण्डारीले जानकारी दिइन । उनका अनुसार प्रतियोगितामा सहभागीहरुलाई सञ्चार, एमसी, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि कक्षा, मोटिभेसन कक्षाका साथै अन्य मोडलिङ तथा विविध विषयमा प्रशिक्षण दिइने छ ।
यस प्रतियोगिताको कोरियोग्राफी चर्चित कोरियोग्राफर तथा ट्रेनर अश्विनी झाले गर्ने छन् । प्रतियोगिताको बारेमा थप जानकारी नेपाल फेशन आइडलको अफिसियल फेसबुक पेजमा हेर्न सकिनेछ।