https://www.youtube.com/embed/TuMAHz9DMBs

नरेशको ओठ्मा किन खुशी छाएन त

Hollywood Khabar March 03,2017 Comments

संसारको सबै भन्दा बढी माया मात्र तिमीलाई गर्थें तर आज त्यहि चोखो मायाको बद्लामा कहिले निको नहुने चोट दिएर गयौ , सायद तिमि पाउने मेरो भाग्यमा नै रहेनछ क्यारे! अब खुसि सबै दबेका छन् , ओंठमा हाँसो हराएको छ …………………… यस्तै भावले बुनिएको एक गीत हालै सार्बजनिक भएको छ। हमाल म्युजिक प्रालिले निलम कार्कीको नाममा “छैन खुसि ओंठमा”नामकरणको साथमा बजारमा ल्याएको यस गीतमा अहिलेका बहुचर्चित गायक मौसम गुरुङ र पूर्ण कला बि.सी को सुमधुर स्वर सजिएको छ। यस गीतलाई लय सुरज परियारले तयार गरेका हुन् भने शब्द सिर्जना नरेश बोहराको रहेको छ। यस गीतको म्युजिक भिडियोलाई पनि गीतको भाव अनुसार उत्तिकै लोभ लाग्दो बनाउने कोसिस गरिएको छ। भिडियोमा अभिनय बुद्धबिर थापा निलम कार्की र सुजन के.सी को रहेको छ।“छैन खुसि ओंठमा” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन कुमार के.सी ले गरेका हुन्। यस भिडियोलाई छायांकन अजय रेग्मीले गरेका हुन् भने सम्पादन सुजन शाहीले गरेका हुन्

"जय गीत जय संगीत "