-नारायणी अस्पताल

नारायणी अस्पतालको काम:महँगो मेशिन सस्तोसंग साटेर कुम्ल्यायो दाम 

Hollywood Khabar April 14,2019 Comments

३ बैशाख चितवन।चितवनको नारायणी सामुदायिक अस्पतालमा २२ लाख पर्ने किलिया मेसिन सुटुक्क साटेर  ४ लाख ५० हजार पर्ने चीनमा बनेको किलिया एनालाइजर प्रयोगशालामा राखिएको छ।अस्पतालले थाइराइड, क्यान्सर, बाँझोपनलगायत विभिन्न हार्मोन परीक्षण गर्न करिब २ वर्षअगाडि २२ लाख पर्ने मेगलमी ८०० मोडलको किलिया मेसिन खरिद गरेको थियो।प्रयोगशालाका कर्मचारीले महँगो मेसिन साटेर करिब ४ लाख ५० हजार पर्ने चीनमा बनेको जिसेन सीआईए ६०० किलिया एनालाइजर प्रयोगशालामा राखिएको जानकारी दिए।