तस्बिर वेब

नारायणहिटीमा अलपत्र आखेटोपहर व्यवस्थापन गर्न संसदीय समितिको निर्देशन

Hollywood Khabar July 09,2019 Comments

२६ असार काठमाडौं।नारायणहिटी दरबार संग्रहालयमा अलपत्र अवस्थामा रहेको वन्यजन्तुको आखेटोपहर एक महिनाभित्र व्यवस्थापन गर्न संसदीय समितिले निर्देशन दिएको छ।राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकरी आश्वासन समितिले आखेटोपहर संरक्षण गरी प्रतिवेदन बुझाउन वन मन्त्रालयलाई निर्देशन दिएको हो।

समिति सभापति रामनारायण बिडारीले नारयणहिटी दरबार संग्रहालय अन्तर्गत फरासखाना, हनुमानढोकाको बेलायती बैठक र सिंहदरबारमा रहेको वन्यजन्तुको ओखेटोपहर व्यवस्थापन गर्न निर्देशन दिएको बताए।

दरबार संग्रहालय क्षेत्रमा पूर्वराजा वीरेन्द्रले वन्यजन्तुको छाला, सिङ, दाँत, प्वाँख, चराको टाउकोलगायत राखेका थिए। जंगलबाट तत्कालीन समयमा सिकार गरी ल्याइएको वन्यजन्तुका आखेटोपहर अहिले काम नलाग्ने अवस्थामा पुगेको संग्रहालयले जनाएको छ।