https://www.youtube.com/embed/O-Gvgkd9Hgo

नायिका नन्दिता केसीको "सङ्गलो यो मन " भिडियो सार्बजनिक

Hollywood Khabar December 16,2017 Comments

विजय थापा/डीसी
अमेरिकाको एटलान्टा को जर्जिया बाट रिदम स्क्रिन क्रिएसन ले नेपाली चलचित्र कि अभिनेत्री नायिका नन्दिता केसी लगायत अन्य कलाकार सहितलाई समेट्दै  "सङ्गलो यो मन " नया नेपाली गीत को भिडियो सार्बजनिक गरेको छ l 
एटलान्टाको जर्जिया स्थित काठमाडौँ किचेन ग्रिलमा गत डिसेम्बर १६ तारिख अमेरिकाको एटलान्टाको जर्जियामा छायाँकनको भिडियो शुभारम्भ गरेको छ l 
रिदम स्क्रिन क्रिएसनले उक्त "सङ्गलो यो मन " नया नेपाली गीतको भिडियो डिसेम्बर १७ तारिख देखि मात्र आधिकारिक रुपमा सार्बजनिक गर्ने जानकारी दिएको छ l उक्त संगीत भिडियोमा मुख्य अभिनयमा नायिका नन्दिता केसी तथा भानु तिवारी(देवजन )को रहेको छ l 
स्वर किरण गजमेर तथा टीका लामिछानेको रहेको छ भने संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ l शव्द मनिष अधिकारीको हो भने संगीत व्यवस्थापन कमल राईले गरेका छन l  भिडियोको निर्देशन कमल राई तथा भुवन रनपाल को रहेको छ भने छायांकन (क्यामरा )सुरेन्द्र मान सिंहको रहेको छ l यसै गरि सम्पादन/भीएफएक्स/रुप/परिकल्पना कमल राईले गरेका छन् l रिदम स्क्रिन क्रिएसनले दिलिप दाहाल ,प्रकाश दर्नाल ,बिएम खालिंग ,सिमन रमदम ,सन्तोष रमदम तथा सुरज राईलाई विशेष धन्यवाद दिएको छ l