नायिका नन्दिता के सीको “परी” पहिरनको बेजोड प्रस्तुति

Hollywood Khabar June 08,2017 Comments

विजय थापा,वाशिंगटन डीसी

अमेरिकामा नेपाली चलचित्रकी नायिका नन्दिता केसीले परी पहिरन लगाएर बेजोड प्रस्तुति गरेकी छिन्। 

उनले अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा सम्पन्न युनाईटेड नेपलीज एसोसिएसन (युएनए) को सम्मेलनको फेशन सो बिशेष कार्यक्रममा बिशेष “परी” पहिरनमा सज्जिएर धमाकाधार बिशेष प्रस्तुति गरेकी थिइन्।  

केसीले युएनए साँस्कृतिक र्याम्प नामक कार्यक्रममा अन्य चर्चित कलाकार तथा बिशेष व्यक्तित्वहरु साथ उनको प्रस्तुति रहेको थियोl उनलाई यो सुन्दर तथा बिशेष प्रस्तुतिको साथ मन्चमा उतार्ने जिम्मा नेपालबट आएकी मोडर्न डे फेरीटेल कलेक्सन कि लोकप्रिय भेषभूषा अभिकल्पकार (फेसन डिजाइनर) सुबेक्षा भडेल गरेकी थिइन् l 

यस्तै गरि कपाल सज्जा तथा शृंगार स्मृति एस गुरुङको रहेको थियोl उनले परी को पहिरनमा भेषभुषा कार्यक्रममा प्रस्तुति गर्न पाउँदा ज्यादै उत्साहित भएको केसीले बताईनl नायिका केसी अमेरिकामा रहेता आफ्नो कला तथा संस्कृतिलाई प्रबर्धन गर्न कटिबद्ध रहेको बताइनl उनले नेपाल र नेपाल को पहिचान गराउन यस्ता प्रकारका कार्यक्रममा आफ्नो सहभागिता रहने बताइनl 

आगामी जुन १७ तारिखका दिन मिस नेपाल क्यालिफोर्निया २०१७ मा अतिथि कलाकार को रुपमा प्रस्तुति हुने भएकी छिन्l यसै गरि  सुबेक्षा भडेल पनि उक्त नेपाल क्यालिफोर्निया सुन्दरीको लागि आधिकारिक भेषभूषा अभिकल्पकार (फेसन डिजाइनर) रहने छिन्l