NANC Official LOGO

NANC को बैठक सम्पन्न निर्वाचन सम्पन्न गर्न निर्वाचन अधिकारीको नियुक्ति

Hollywood Khabar November 30,2018 Comments

कृष्ण के सी/अमेरिका

नेपाली एशोसियशन अफ नर्दन क्यालिफोर्निया (NANC) ले आफ्नो २०१९-२०२१ कार्यकालकाका नेतृत्वको लागि निर्वाचन सम्पन्न गर्न निर्वाचन अधिकारीको चयन गरेको छ।

NANC कार्यसमितिको ११/२४/२०१८ शनिबारमा बसेको बैठकले आगमी २०१९-२०२१ कार्यकालकाका नेतृत्वको लागि निर्वाचन सम्पन्न गर्न कानुन ब्यबसायी यज्ञ नेपाललाइ निर्वाचन अधिकारीको चयन गरेको छ। नेपालको नेतृत्वको टोलीलाई निर्बाचन मार्च २०१९ मा सम्पन्न गरी नया कार्यसमितीलाई कार्यभार हस्तान्तरण गर्नेगरी जिम्मेवारी दिने निर्णय गरिएको छ।

निर्णय अनुसार निर्वाचन कमिटीमा कानुन ब्यबसायी यज्ञ नेपालले थप सदस्यहरु नियुक्त गर्न सक्नेछन भन्ने कुरा संस्थाका अध्यक्ष रबिन्द्र राईले हलिउड खबरलाइ जानकारी दिएका छन्। यो सान फ्रान्सिस्को बे एरियामा स्थापित यो संस्था ३ दशक भन्दा पुरानो हो।