NANC, सान फ्रान्सिस्कोमा सदस्यबिना एकमुष्ठ शुल्क बुझायो भन्दै ट्रष्टी पाण्डेको बिज्ञप्ति

0
shares

by KRISHNA KC | Updated: 20 Mar 2019

151 views
Anil Pandey, Presses Release

नेपाली एशोसियशन अफ नर्दन क्यलिफोर्नियामा सदस्यता शुल्क भन्दै कोहि एक व्यक्तिको खाताबाट सदस्यता लिनेको लिस्टबिना पैसा जम्मा गरियो। सो बिषयमा आफ्नो आपत्ति भन्दै सोहि संस्थाद्धारा बनाइएको नेपाली कम्यूनिटी सेन्टर संस्थाका ट्रष्टी अनिल पाण्डेले प्रेस विज्ञप्ति निकालेका छन। हलिउडखबरलाइ प्राप्त उनको विज्ञप्ति जस्ताको तेस्तै:

प्रेस विज्ञप्ति

अलामिडा, २० मार्च २०१९

नेपाल कम्युनिटी सेन्टर (एनसीसी) को ट्रस्टीको नाताले म (अनिल पाण्डे) यो विज्ञप्ति प्रकाशित गर्दछु कि (न्यान्सी) को चुनाबमा लोकतान्त्रिक अभ्यास, सुशासन र पारदर्शितामा उत्कृष्ट आचरण प्रदर्शन गरोस् ।

यसका पदाधिकारीहरुले संस्थाको आदर्श चरित्र कायम गर्ने–गराउने दिशामा पुर्ण रुपमा California स्टेटको nonprofits को कानुन अनुरुप होस्।

तर, हालै (न्यान्सी) को नेतृत्व हासिल गर्नका लागि न्यान्सीका केही पुराना र दिग्गज पदाधिकारीले आ-आफ्नो नाममा अमुक परिमाणमा सदस्य संख्या रहेको दाबी गर्दै सदस्य शुल्क यक्मुस्ट आफ्नै व्यक्तिगत चेकबाट पूर्ण विवरण नै नदिई सदस्यता शुल्क दाखिला गरेको जानकारीमा आएका कारण म स्तब्ध भएको छु।

अधिक परिमाणमा सदस्य संख्या देखाउने व्यक्तिले नेतृत्व प्राप्त गर्ने लोभमा विधि र प्रक्रियालाई नै अवज्ञा गर्दै सदस्य संख्या दाबी गर्दा अमेरिकाको स्थानीय कानुन प्रत्यक्षतः आकर्षित हुन्छ। व्यक्ति मात्र नभई संस्था नै कारबाहीको भागिदार बन्दछ। सदस्यता लिने व्यक्तिले विधिसम्मत ढंगले सदस्यता ग्रहण गरी शुल्क बुझाएपछि मात्र निजलाई सदस्य मान्न सकिन्छ ।

तर, केही व्यक्तिले रकम मात्र बुझाएर अमुक परिमाणमा सदस्य भइसकेको र ती सबै आफ्नो पक्षका भएको दाबी गर्नु त्रुटिमात्र नभएर आपराधिक कार्य पनि ठहर्छ ।

अमेरिकी nonprofits कानुन अनुसार के के गर्न मिल्छ ! मिल्दैन !! भन्ने कुरा बुझ पचायाको हो कि अथवा सदा झैँ हामीले पेलेर लान्छौ भनेर हेपेको हो बे यरियाका बुद्धिजीबी हरुले बुझन सकेका छैनन् ।

तसर्थ म चाहन्छु, सदस्यतासम्बन्धी यो विवाद गलत साबित होस्, कसैले पनि यस प्रकारको गलत काम गरेको प्रमाणित नहोस् । यसका लागि (न्यान्सी) ले तटस्थ विज्ञ लगाई सत्य–तथ्य छानबिन गरोस् भन्ने मेरो जोडदार माग रहेको छ ।

अन्यथा, एनसीसीमा (न्यान्सी) ले गर्दै आएको अभिभावकत्व अब अन्त्य गरिनुपर्छ । हामी गलत काम गर्ने पदाधिकारी रहेको संस्थाको संरक्षकत्वमा रहनु हुन्न र चाहँदैनौं पनि, यो बिबाद टुंगो लगाउन यथाशीघ्र पहल हुने विश्वास लिएको छु ।

अन्तमा एनसीसीलाई चाडै नै छुट्टै अलग्गै गर्नु पर्नेमा ट्रस्टीको नाताले जोडदार माग गर्दछु ।

अनिल पाण्डे

ट्रस्टी,एनसीसी