NANC LOGO

सान फ्रान्सिस्कोका स्थानिय सँस्था NANC र NCC को नेतृत्वलाई लिएर बृहत बैठक हुँदै

Hollywood Khabar January 28,2019 Comments

कृष्ण के सी/अमेरिका

क्यालिफोर्निया राज्यको उत्तरी भागमा पर्ने सान फ्रान्सिस्को बे एरियामा अनुमानित ३० हजारको हाराहारीमा नेपाली जातिको बसोबास रहेको छ भनिन्छ। यति ठूलो समुदायलाई समेट्न यस क्षेत्रमा एउटा सामुदायिक भवनको आवश्यकतालाई लिएर बिगत एक दशक भन्दा लामो समय देखि अभियान चलेको छ।

सामुदायिक भवन निर्माणको लागि मुख्य संयोजनको रुपमा यस क्षेत्रको सबैभन्दा पुरानो र नेपाली जातिको सबैभन्दा ठूलो सदस्यता रहेको प्रतिनीधि मुलक संस्था नेपाली एशोसिएशन अफ नर्दन क्यालिफोर्निया (NANC ) ले गरेको छ।

NANC र थुप्रै अरु स्थानिय संस्थाहरु समेत साझेदार भएको नेपाली सामुदायिक केन्द्र (Nepali Community Center-NCC) र NANC आफ्नैको आगामी नेतृत्वलाइ लिएर समुदायमा वाद र विदाद सुरु भएको छ।

सो बिषयलाई लिएर गत आइतबार २७ जनवरी २०१९ का दिन २९ जना स्थानिय व्यक्तिहरुको भेला गरिएको बताइएको छ। त्यसमा १३ जनाले एउटा सहमतिमा हस्ताक्षर गरेका छन् भनिएको छ। उपस्थित भनिएका आधा भन्दा धेरैले व्यक्तिहरुले भने सहमत नभएर हो या उपस्थित नभएर हो हस्ताक्षर गरेका छैनन् भनिन्छ।

NANC को अध्यक्षको लागि विगत देखि नै वर्तमान बरिष्ठ उपाध्यक्ष इश्वर सिटौला र पूर्व कोषाध्यक्ष नारायण प्रसाद पोख्रेलको दावी रहँदै आएको छ। उता NCC नेतृत्वको लागि भने वर्तमान अध्यक्ष उत्तम कार्की, मदरल्याण्ड नेपालका अध्यक्ष तथा ठूला चन्दादाता मध्येका एक अनिल पाण्डे, NCC तथा NANC अभियन्ता पृतेश कार्की तथा सबैभन्दा ठूलो रकम NCC को लागि दिने सफल ब्यबसायी यज्ञलाल श्रेष्ठ र द व्हाइट जोन अन्तराष्ट्रियका संस्थापक अध्यक्ष राजेश थापाको कुरा आएका छन् ।

ति सबै कुरालाई बाइपास गर्दै सहमति गर्न भनेर गरिएको भनिएको बैठकमा सर्वपक्ष उपस्थित नभएकोले NANC का अध्यक्षका दावेदार इश्वर सिटौलाको भनाइ भने फरक थियो। हलिउडखबरसंको कुराकानीमा सिटौलाले भने- मेरो इच्छा भनेको NANC को अध्यक्ष हो। तर पनि सबैपक्ष सहमत हुनुपर्छ, त्यसको लागि NANC का पूर्वपदाधिकारीहरु, चन्दादाताहरु, पत्रकारहरु सबै उपस्थित भएको सर्वपक्ष बैठकले यस्तो सहमति गर्नुपर्छ भन्ने थियो। त्यो कुरा म ऐले पनि भनिरहेको छु। त्यो सर्तमा मैले सहमति जनाएको हुँ, एक्लो हुन नपर्दाको लागि सहि पनि गरेको हो। तर त्यसपछि आउँदा चन्दादाता र NANC का पूर्व र वर्तमान पदाधिकारीहरु धेरैको असन्तुष्टी म माथि खनिएको छ। म ऐले सबै चन्दादाता, NANC संबद्ध पक्ष र त्यो बैठकमा छुटेका सयौं व्यक्तिहरुको रायमा जुटेको छु। उनीहरुको फरक राय के आउँछ त्यस अनुसार अगाडि जान्छु, सिटौलाले भने।

सो बिषयमा सिमित व्यक्तिहरु बसेर, ठूलो चन्दादाताहरु नै छुटाएर भद्र सहमति हुँदैन। त्यसमा दाताहरु र समाजको प्रतिधित्व गर्ने ठूलो जमात नै छैन। समाजको ठूलो हिस्सा नै छुटेको छ, एकापक्ष मात्र भएको छ भन्छन केहि अभियन्ताहरु। त्यसैले ठूलो जमात जुर्मुराएको छ। त्यही जमातको संयोजन गर्दै स्थानिय सकृय युबा प्रिन्स युवराज कार्कीले जनवरी २९, २०१९ सांझ ७ बजे करिव १०० भन्दा धेरैको बृहत खुल्ला कानफ्रेन्स कलको आयोजना गरेका छन्।

सो बैठकमा अनिल पाण्डे, नारायण सोम्नामे, यज्ञलाल श्रेष्ठ, राजेश थापा, बुद्द महर्जन, धनञ्जय नर्सिङ् के सी, पृतेश कार्की, इश्वर सिटौला, उत्तम कार्की, सुजित सिंह, भक्त थापा, श्रीराम कार्की, रवि बस्नेत लगायतको उपस्थित रहने कुरा युवराज कार्कीले बताए। कार्कीले यो बैठकले जे निर्देशन दिन्छ त्यसै अनुरुप अगाडि जाने कुरा बताए।

सो बिषयमा अर्का व्यक्ति नारायण प्रसाद पोख्रेलले उपस्थितिको सहमतिलाइ मान्दै जाने, थप पक्षसँग पनि छलफल र परामर्श गर्दै अगाडी बढ्ने। सबैको सहमति र सहकार्यलाइ मान्दै अगाडी बढ्ने तर त्यसो हुन सकेन भने आफू NANC को अध्यक्षको उम्मेदवार रहने बताए। आजको बैठकमा आफू पनि उपस्थित रहने कुरा समेत पोख्रेलले बताए।