NANC LOGO

NANC/NCC को सामुदायिक भवन शिलान्यास भन्ने कुरा सत्य होइन:महासचिव कार्की

Hollywood Khabar February 12,2019 Comments

प्रेस बक्तब्य

आदरणीय सम्पूर्ण नेपाली सामुदायिक केन्द्रका चन्दादाताज्युहरु, सम्बन्धित सरोकारवालाज्युहरु तथा नान्सका सम्पूर्ण सदस्यज्यू हरु, आबद्ध संघ संस्थाहरु;

बिषय:-NCC Land, 4462 Appian Way, El Sobrante, CA मा भवन शिलान्यास कार्यक्रम नभएको जानकारी सम्बन्धमा।

प्रस्तुत बिषयमा केहि समय यता विभिन्न संघ संस्था प्रतिनिधि, समाजसेवी, चन्दादाताहरुको NCC भवन शिलान्यास सम्बन्धमा भएको भ्रामक समाचार सम्बन्धमा बढ्दो जिज्ञासा प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

नान्स कार्यसमिति र NCC कमिटी, आबद्ध संघ संस्थाहरु समेतको कुनै पनि औपचारिक, अनौपचारिक बैठकमा एजेन्डा तथा छलफल समेत नभएको बिषय भवन शिलान्यास, 4462 Appian Way, El Sobrante, CA 94803 मा गर्ने भन्ने भ्रामक समाचार समाजमा आएको र समाजलाई दिग्भ्रमित पारेको भन्ने जन गुनासो प्रति हामी क्षमा प्राथी छौ।

हाल सम्म शिलान्यास सम्बन्धि कुनै पनि कार्यक्रम योजना नरहेको व्यहोरा सविनय अनुरोध गर्दछौ।

प्रीतेश कार्की

महासचिव

NANC/NCC समिति