नेपाली एसोसिएशन अफ नर्दन क्यालिफर्निया (NANC) को साधारणसभा

Hollywood Khabar December 14,2017 Comments

आदरणीय आजीवन सदस्यज्युहरु, साधारण सदस्यज्युहरु, भूतपूर्व एबम निबर्तमान कार्यसमितिका साथीहरु, शुभ चिन्तक, संघ संस्थाका प्रतिनिधि साथीहरु, पत्रकार एवं संचारकर्मी मित्रहरु तथा सारोकारवाला सम्पूर्ण बे एरियामा रहनु हुने नेपाली अग्रज दाजुभाई, दिदिबहिनीहरु;
बिषय : बार्षिक साधरण सभा सम्बन्धमा
प्रस्तुत बिषयमा यस नेपाली एसोसिएशन अफ नर्दन क्यालिफर्नियाको बर्तमान कार्य समिती ‎२०१७-२०१८ को गत मिती ५ नोबेम्बरमा बसेको बैठकले नेपाली एसोसिएशन अफ नर्दन क्यालिफर्निया (नान्स) को बिधान अनुसार संस्थाको बार्षिक साधरण सभाको निर्णय गरेको छ।
आगामी १४ जनवरी २०१८ आईतबारको दिन गरिने संस्थाको साधारण सभाको सुचना तथा जानकारीको लागि बिनम्र अनुरोध गरिन्छ। यहाको गरिमामय उपस्थितिले यस साधारण सभाको शोभा बढई दिनुहुनको लागि हामी हार्दिक अनुरोध गर्दछौ।
साधारण सभाको लागि यसै सस्थाको कानुन समिती ( Legal Committee ) का प्रमुख यज्ञ नेपालको संयोजकत्वमा ५ “बिधान संसोधन समिती” गठन गरिएको जानकारी समेत गराइन्छ। समितिका सदस्यहरुमा रबिन्द्र राई ( अध्यक्ष् -नान्स्), इश्वर सिटौला (प्रथम उपध्यक्ष्-नान्स), प्रीतेश कार्की (महासचिब-नान्स) र बिनित पोख्रेल (सचिब-नान्स ) हुनुहुन्छ।
बर्तमान बिधानमा कुनै संसोधन गर्नुपर्ने भएमा यो सुचना प्रकासित मितीले २१ दिन भित्र निम्न इमेलमा पठाउनुहुन अनुरोध गरिएको छ। समय भित्र आईनपुगेको प्रस्ताबहरु माथि साधरण सभामा प्रस्तुत गरिने छैन।
पहिलो सुचना  प्रकाशित मिति : २७ नोवेम्बर २०१७
बिधान संशोधन तथा थप सम्बन्धि प्रस्ताब आईपुग्न पर्ने अन्तिम मिति : १७ डिसेम्बर २०१७
सम्पर्क इमेल : info@nancusa.org , nepal_yagya@hotmail.com
साधारण सभा कार्यक्रमको  मिति, स्थान र समय
14th जनवरी २०१८ ( आईतबार ) ( 14th January 2018-Sunday )
साधारण सभाको कार्यक्रम स्थान : 1901 Hearst Ave , Berkeley,CA 94709 (North Berkeley Senior Center
साधारण सभाको कार्यक्रम समय : 01:00 PM – 07:30 PM
साधरण सभाको पहिलो सत्र कार्यक्रम :  समय  : 1:00 to 4:30 PM
स्वागत र सस्थाको बार्षिक प्रतिबेदन
साधरण सभाको दोस्रो सत्र कार्यक्रम :  5:00 to 7:30 PM
बिधान संसोधन तथा थप छलफल र आवाश्यक अनुमोदन
धन्यबाद
रबिन्द्र राई
अध्यक्ष
नेपाली एसोसिएशन अफ नर्दन क्यालिफर्निया (NANC)