साङ्केतिक तस्बिर ;साभार वेब

नालामा पौडी खेल्न गएका एक व्यक्तिको डुबेर मृत्यु

Hollywood Khabar June 14,2019 Comments

१ असार बाँके । अत्याधिक गर्मी बढेपछि कोहलपुरको डुडुवा नालामा पौडी खेल्न गएका एक व्यक्तिको डुबेर मृत्यु भएको छ।शनिबार नालामा पौडी खेल्ने क्रममा कोहलपुरका २२ वर्षीय मुक्ति प्रसाद आचार्यको डुवेर मृत्यु भएको हो।कोहलपुर नगरपालिका–१२ चपरगौडीस्थित डुडुवा पुल नजिक पौडी खेल्ने क्रममा आचार्य वेपत्ता भएका ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

डुबे लगत्तै स्थानीय प्रहरी र शसस्त्र प्रहरी उद्धारमा जुटेपनि जिवितै उद्धार गर्न नसकिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रमेश बहादुर सिंहले जानकारी दिए।