-तस्बिर वेब

नक्कली सुनलाई सक्कली सुन भनी ६६ लाखमा विक्री गर्न खोज्ने २ जना पक्राउ

Hollywood Khabar December 10,2018 Comments

२५ मंसीर काठमाण्डौं।काठमाडौं बौद्ध स्तुपाबाट नक्कली सुनलाई सक्कली सुन भनी नगद ६६ लाख रुपैयाँमा विक्री वितरण गर्न लागेको अवस्थामा २ जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ।विस्कुट आकारमा रहेको १/१ केजीका २ थान सुन जस्तो देखिने नक्कली सुन सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।पक्राउ पर्नेहरुमा काठमाडौं चाबहिल बस्ने सिन्धुपाल्चोक बलेफी घर भएका २३ वर्षीय लालबहादुर लामा र सोही ठाउँ बस्ने सिन्धुपाल्चोक मेलम्ची घर भएका २२ वर्षीय राजिव तामाङ रहेका छन्।

नक्कली सुनलाई सक्ककली सुन भनी बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले विस्कुट आकारमा रहेको १/१ केजीका २ थान सुन जस्तो देखिने नक्कली सुन सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।