साङ्केतिक तस्बिर साभार वेब

नगरपालिकाको गाडी जलाउने दुईजना पक्राउ

Hollywood Khabar May 18,2019 Comments

५ जेठ अछाम।अछामको मंगलसेन नगरपालिकास्थित गाडी आगजनीमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा मंगलसेन नगरपालिका–१‚कुन्तीबण्डालीका १९ वर्षीय दिपेन्द्र जैगढी र १९ वर्षीय एकेन्द्रराज नाथ लाई अनुसन्धानका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक जनक शाहीले जानकारी दिए।

शाहीका अनुसार अभियुक्तहरुले गाडीमा आफूहरुले आगजनी गरेको स्वीकार गरिसकेका छन्।घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

मंगलसेन नगरपालिका परिसरमै पार्किङ गरिएको सोही नगरपालिकाको बा २ झ ३६९४ नम्बरको गाडीमा बैशाख ३१ गते राति आगजनी भएको थियो।जुन नगरपालिकाका मेयर चढ्ने गाडी थियो।एक वर्षअघि १ करोड २० लाखमा खरिद गरिएको उक्त गाडी आगजनी भएपछि प्रहरीले अनुसन्धान तिब्र बनाएको थियो।