साङ्केतिक तस्बिर:साभार वेब

नागरिकता विधेयकको विरोधमा जसपाको प्रदर्शन

Hollywood Khabar June 29,2020 Comments

१६ असार काठमाण्डौं।नागरिकता विधेयकका विभेदकारी प्रावधान हटाउन माग गर्दै जनता समाजवादी पार्टी(जसपा) ले प्रदर्शन गरेको छ । जसपा (राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी) का शीर्ष नेताहरू नागरिकता विधेयकको विरोधमा सडकमा उत्रिएका हुन् ।

विदेशी बुहारीलाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने विदेशी ज्वाइँलाई नागरिकता नदिने प्रावधानविरुद्ध प्रदर्शन गरिएको जसपाले जनाएको छ । माइतीघरबाट बाजागाजासहित बानेश्वरसम्म गरिएको प्रदर्शनका क्रममा उनीहरूले जातीय विभेद अन्त्य गर्नुपर्ने, नागरिकता विधेयकका विभेदकारी प्रावधान खारेज गर्नुपर्ने भन्दै नारासमेत लगाएका थिए ।प्रदर्शनमा डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादवलगायतका शीर्ष नेता–कार्यकर्ताको सहभागिता रहेको थियो ।