धार्मिक महत्वको नागदह कति व्यवस्थित छ त ?

Hollywood Khabar July 28,2018 Comments

सुरेश थापा/ललितपुर
धमार्मिकरुपले अत्यन्तै महत्व रहेको ललितपुरको धापाखेलमा स्थित नागदह ललितपुर, भक्तपुर र काठमाडौं तीनै जिल्लाको आखांको नानीको रुपमा रहेको छ।

विशेष गरि श्रीपञ्चमीको दिनमा ठूलो मेला लाग्ने यस नागदहमा सुरुवाती चरणमा नव गठित समितिले प्रसंशनीय काम गरे पनि सरसफाइमा  भने कुनै कदम चालेको भने पाइएको छैन।

प्रसिद्ध मन्दिर सन्तानेश्वर, बज्रबाराही, गोदावरी कुण्ड, विशुङ्खनारायण आदि नागदहकै सेरेफेरोमा रहेकाले मन्दिर दर्शनकै क्रममा नागदहका नागदेवीलाई पनि दर्शन गर्न आइपुगेका हुन्छन् ।

धार्मिक आस्थामा निकै खिचिएको नागदहमा समितिले डुङ्गामा सयर गरी आनन्द लिन सकिने व्यवस्था पनि गरेको छ। पछिल्लो समयमा समितिको कम सक्रिय भूमिका र वेवास्थाको कारण नागदहमा रहेको डुङ्गा पुरानो भए पनि परिवर्तन वा मर्मत गर्ने कुरामा कुनै कदम चालिएको देखिएन। कुनै कुनै समयमा डुङ्गा पल्टिएर केही छिटपुट दुर्घटना भएको पनि पाइएको छ।

अहिले नागदहमा स्थानीयहरुले  दैनिकरुपमा लुगा धुने, नुहाउने जस्ता क्रियाकलापले नागदहकै स्वरुप नराम्रो संग बदलिएको छ। वरिपरि तारवार गरी दह भित्र सरसफाइमा गरेमा नागदह कञ्चन पानी हुनेमा भक्तजनहरुले सहजै अनुमान गरेकाछन्। तर पनि समितिले भने यस बिषयमा कुनै चासो लिएको छैन।

स्थानीय सरकार तथा जनप्रतिनिधिहरुले उपयुक्त समय त ध्यान दिई आवश्यक काम कारवाही चालेमा उपत्यका प्रसिद्ध धार्मिक स्थल मध्ये नागदह बन्न सक्ने कुरामा दुईमत भने छैन भन्छन स्थानिय व्यक्तिहरु।