नेपाल अमेरिका एकता समाज परिवारको सेप्टेम्बर १ मा तिज मनाउदै

Hollywood Khabar August 12,2018 Comments

नेपाल अमेरिका एकता  समाजले परम्परागत रुपमा मनाउदै  आईरहेको नेपाली महिला दिदिबहिनिहरुको महान चाड हरितालिका तीज पर्व यो वर्ष पनि भब्य रुपमा आयोजना गर्न गइरहेको छ ।
विगतका वर्ष हरुमा झैँ यो वर्ष पनि भब्य रुपमा सम्पन्न गर्न सबै समुदाय सदस्यहरु, स्थानीय संघ संस्थाका प्रमुख तथा पदाधिकारी , स्थानीय संचार कर्मी साथीहरु सम्पुर्णलाई कार्यक्रम सफल पार्न आ - आफ्नो स्थानबाट सहभागी हुँदै  प्रचार - प्रसारमा सहयोग गरिदिनु हुन नेपाल अमेरिका एकता समाजको अध्यक्ष चन्द्र शिवाकोटीले सम्पुर्ण सामुदायिक सदस्य हरुलाई अनुरोध गर्दै आगामी सेप्टेम्बर १ तारिख शनिबारको दिन लसएन्जल्स स्थित तारा हिमालयन कुजिन आर्टेशिया मा सबै चेली बेटीहरुलाई तीजको दर खान र छम छम नाचेर तीज मनाउन हार्दिक आव्हान समेत गरेका छन्
र स्थानीय रुपमा बिशेष सांगीतिक प्रस्तुतिमा सहभागी हुन चाहनु हुने चेलीबेटीहरुले यहि अगस्ट २० तारिख सम्म संस्थाका कार्यवाहक महासचिब सुर्य प्रसाई संग ५६२ - ६५२ ८८३४ संग सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।