नदिया लिवाङको पुस्तक नदिया लहर सार्वजनिक

Hollywood Khabar July 07,2018 Comments

कृष्ण के सी/अमेरिका
न्यूयोर्कमा रहेर पनि आफ्नो साहित्य प्रस्तुटनमा नियमित रहेकी नदिया लिबाङको कविता संग्रह नदिया लहर बिमोचन गरियो।

सामाजिक संजाल र संचारहरुमा लेख्दै आउनुभएकी लिबाङको प्रकाशन तर्फ “नदिया लहर” पहिलो पुस्तक हो। फेमिनिष्ट त होइन तर सधैं जसो महिला हिंसा र बेचबिखनको बिषयमा लेख्ने लिबाङको यो पुस्तक पनि सोहि बिषयमा संग्रहित पुस्तक हो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क च्याप्टरले न्यूयोर्कस्थित बेलाजिनो बेङ्केट हलमा जुन १६, २०१८ मा आयोजना गरेको बिमोचनमा कार्यक्रममा स्वयं नदिया लिबाङ र उहाँका श्रीमान विश्व थापाले संयुक्तरुपमा पुस्तक बिमोचन गर्नुभयो। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरे लगायतले उहाँलाइ शुभकामना र पुस्तकबारे आफ्नो धारणा समत राख्नु भएको थियो।