NRNA: नविन शेरचन अमेरिकाजको क्षेत्रीय उपसंयोजक उम्मेदवार

Hollywood Khabar September 26,2017 Comments

कृष्ण के सी/अमेरिका
गैर आवासीय नेपाली संघको ८ औं विश्व सम्मेलन तथा अधिवेशन आगामी अक्टोवर १४-१७, २०१७ मा काठमाण्डौमा हुँदैछ। सो अधिवेशनले आगामी २०१७-२०१९ कार्यकालको लागि नयाँ नेतृत्व समेत छान्नेछ। 
सोही क्रममा अमेरिकाको न्यूयोर्कमा ब्यबसाय गर्दै आउनु भएका नविन शेरचनले अमेरिकाज (उत्तर र दक्षिण अमेरिका) क्षेत्रको क्षेत्रीय उपसंयोजकमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। शेरचन २०११-२०१३ कार्यकालमा संघको एनसीसी अमेरकाको बोर्ड सदस्य हुनुहुन्थ्यो। त्यसैगरी २०१३-२०१५ र २०१५-२०१७ कार्यकालको लागि निर्वाचित आइसीसी सदस्य हुनुहुन्छ।
शेरचनको अपिल प्रति: 
आदर्णिय अमेरिकाज क्षेत्र (संयुक्त राज्य अमेरिका, क्यानाडा र चिल्ली) बासी एनआरएन दाजुभाई तथा दिदी-बहिनीहरु;
सर्वप्रथम नेपालीहरुको महान चाड बडादशैको उपलक्षमा यहाँहरु सबैमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहान्छु।
यहाहरुको माया ममता र बलियो समर्थनका कारण मैले एनआरएनए एनसीसी अमेरिकामा एक कार्यकाल बोर्ड अफ  डाइरेक्टर र गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदश्य भई दुइ कार्यकाल सेवा गर्ने मौका पाइसकेको छु।
मैले गैर आवासीय नेपाली संघमा रही कार्य गर्ने सिलसिलामा एनसीसी र आईसीसी बिचको सम्बन्धमा केहि परिमार्जन गर्नुपर्ने महसुस गरेको छु। आईसीसीले एनसीसीको सवालमा अविभाकिया भूमिका मात्र खेल्नु पर्ने हो भन्ने मेरो ठम्म्याई छ भने एनसीसी, आइसीसीसंग संबन्धन प्राप्त स्वतन्त्र संस्था हुनु पर्दछ भन्ने मेरो बुझाई छ।
बिगतमा जे सुकै भएता पनि इतिहासलाइ खोट र दोष लगाउनु भन्दा आउने दिनमा सकार्दै लैजाने कुरामा म विश्वस्त छु। मेरो आफ्नै एजेन्डा भन्दा पनि आफ्नो कार्यकालमा क्षेत्रका संयोजक, र अन्य टिमसंग मिलेर कसरी क्षत्रलाइ सुन्दर र सफल बनाउने भन्ने कुरा नै मेरो पहिल काम हुनेछ। धेरै ठाउँ र अमेरकामै पनि भएका अन्तरिक विवादले लिन नसकेका गतिलाइ साम्य पारेर एउटा सफल नतिजा दिने नै मेरो उधेश्य हो।
त्यसैले, मैले आगामी ८ औ बिश्व सम्मेलनमा गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद, अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजकको लागि आफ्नो उम्मेदवारीको घोषणा गरेको छु।
मलाई आशा र बिश्वास छ, यहांहरुले संधै झैँ यसपाली पनि साथ् र समर्थन गर्नु हुनेछ।
धन्यवाद!!!
नबिन शेरचन
हाल आईसीसी सदश्य
तथा
अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजकको उम्मेदवार