https://www.youtube.com/embed/91ZrKJkG-xU

बैश आको छोरी लिएर आए गायक नवीन पौडेल

Hollywood Khabar June 18,2018 Comments

हुर्किएकी छोरी जोगाउनै गारो भन्दै नेपाली लोक दोहोरिको क्षेत्रमा पक्कड जमाउन सफल गायक नवीन पौडेलले बैश आको छोरीलाई लिएर फेरी सार्वजनिक भएका छन्। गायक पौडेलले आफ्नै लय शब्दमा यथार्थपरक वास्तविक धरातलमा टेकेर सबैको मनजित्ने गरि बजारमा आएको बैश आको छोरीले सांगीतिक बजारमा निक्कै हलचल ल्याएको छ। गायक नवीन पौडेल नेपालको मेची महाकाली तथा देश बिदेशका लाखौं लाख दर्शक श्रोताको मन मनमा राज गरि स्टेज किङ बनेका छन्।
गायक नवीन पौडेलको ‘बैंश आको छोरी बोलको गीत रक्षा म्युजिक मार्फत युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ। पौडेल संगै पुर्णकला बिसिको स्वरमा सजिएको बैंश आको छोरीमा हास्यकलाकार शिबहरी पौडेल सहित टीका जैसी, रेखा थापा र भुमिका शाहको जोडदार अभिनय रहेको छ।

बैश आको छोरीको निर्देशन बिक्रम चौहानले गरेका छन् भने प्रकाश खड्काले छायाँकन गरेको गीतमा रमेश बिक रसाइलीको सम्पादन रहेको छ। प्रस्तोता समाज नेपालका कार्यकारी सदस्य, अन्तरास्ट्रिय कलाकार मन्च नेपाल च्याप्टर का उपाध्यक्ष, राष्ट्रीय लोक दोहोरी प्रतिस्ठान नेपालका पुर्ब केन्द्रीय सदस्य बहुचर्चित लोक दोहोरी गायक पौडेलले बैश आको छोरीले दर्शक श्रोताको मन जित्ने र सबै समुदायबीच लोकप्रिय हुने बताएका छन्।