फुल्ने रहर हुँदाहँदै झर्नु परेको छ - नवीन अँकुर गजल- ५

Hollywood Khabar February 09,2017 Comments

नवीन अँकुर

तिम्रै कारण मैले डेरा सर्नु परेको छ

फुल्ने रहर हुँदाहँदै झर्नु परेको छ !

भुल्छु भन्यो झन गाढा बनिदिन्छन् यादहरु

बिर्सनलाई पनि केही गर्नु परेको छ !!

मन दिएँ तन दिएँ दिन बाँकी के नै थियो ?

अझै पनि उसकै नाउँमा मर्नु परेको छ !!!