Nabin Ankur

पहिचान बचाउने नकाब छैन - नवीन अँकुर गजल ४

Hollywood Khabar February 06,2017 Comments

प्रश्नहरु धेरै छन तर जबाफ छैन
भोकभोकै मर्नेको कुनै अभाब छैन !
देश कुर्सी र सडक दरबार भित्रभित्रै
जिउदै जल्छ पुत्ला तर रबाफ छैन !!
मानीस मानब नभइ दानब बन्छ
अन्यायको बिरुद्ध कुनै दबाब छैन !!!
उसले उसको गुट उपगुट भित्रभित्रै
भाँडभैलो, मेलमिलाप अनि लगाब छैन !!!!
खै कहिले कसले चिन्तन गर्छ यहाँ
आफ्नै पहिचान बचाउने नकाब छैन !!!!!