-म्यान्मारमा अलपत्र परेका २८ मध्य २६ जना नेपालीहरु जुन ५, २०२० शुक्रबार नेपाल आइपुगे।

म्यान्मारबाट २६ र नेपाली स्वदेश फर्किए, बसुन्धारा पार्टी प्यालेसमा राखियो

Hollywood Khabar June 04,2020 Comments

हलिउडखबर/काठमाण्डौ/६/५/२०

म्यान्मारमा अलपत्र परेका २८ मध्य २६ जना नेपालीहरु जुन ५, २०२० शुक्रबार नेपाल आइपुगे। म्यानमार एयर फोर्सको विमानबाट उनीहरु शुक्रबार बिहान नेपाल आइपुगेका हुन्। उनीहरु मध्य १७ जना बागमती प्रदेश, गण्डकी ४, प्रदेश एक का ४ प्रदेश ५ का १ जना रहेका छन्।

यो फ्लाइटका सबैजनालाई बसुन्धराको यती पार्टी प्यालेसमा होल्डिङ सेन्टर राखिने कुरा नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिएका छन्। सो विमानले नेपालमा रहेका म्यानमारका ५३ जना नागरिकलाई फिर्ता लागेको छ। यससंबन्धि जानकारी गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा बद्रि के सीले यसपहिला नै गराएका थिए।