Mustang Kyidung USA Official Seal/Logo

NRNA: मुस्ताङ किदुग युएसएले लाप्राक नमुना बस्ति निर्माणको लागि दिएको १ लाख डलरको हिसाब माग्न बैठक

Hollywood Khabar October 28,2018 Comments

कृष्ण के सी/अमेरिका

गत महिना हलिउड खबरले मुस्ताङ किदुग युएसएले गैरआवासीय नेपाली संघ (NRNA) लाइ दिएको १ लाख डलर फिर्ता माग्ने भन्ने पोष्ट गरेको समाचारलाइ केहि व्यक्तिहरुले अन्तिरंजित सम्म भने। अवश्य पनि अरु भन्दा एक कदम अगाडी गैरआवासीय नेपाली संघको समाचार हलिउड खबरले पोष्ट गर्ने गर्छ। तर आधार र श्रोत भने विश्वस्त हुनेगरेको छ। त्यो समाचार ऐले आएर प्रमाणित नै भएको छ।

मुस्ताङ किदुग युएसएले गैरआवासीय नेपाली संघलाइ दिएको १ लाख डलर फिर्ता माग्ने बिषयमा बोलाएको यो बैठकको निमन्त्रणा जस्ताको तेस्तै:

आदरणिय NRNA नर्थ अमेरिका DRC श्री नविन शेरचनज्यु, मुस्ताङ किदुग युएसएका वर्तमान तथा निवर्तमान कार्य समितिका सदस्यज्युहरु, (Mustang FC) का अध्यक्ष तथा मेनेजरज्यु;

बिषय :- बिशेष बैठकमा अनिवार्य उपस्थित भै दिनु हुन !

उपरोक्त सम्बन्धमा मुस्ताङको शिर उठाई भुकम्पको बेला सहयोग गर्नु हुने समस्त मुस्ताङबासीमा फेरी पनि हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छु ।

मातृभुमि नेपालमा महाभुकम्पको बेला सहयोग स्वरुप मुस्ताङ किदुग युएसएले NRNA लाई पुनर्निमाणको लागि बुझाईएको अमेरिकी डलर एकलाख अर्थात नेपाली एक करौड रुपिया हाल तीन बर्ष भैसक्दा पनि NRNA बाट कुनै प्रगति बिवरण तथा सम्झौता अनुसारको कुनै काम नदेखिएको र नभएको कारणले प्रवासमा आफनो पसिनाले उठाएको रकम के भैरहेको छ... ? कहाँ गई रहेको छ.. ? भन्ने बारे अमेरिका रहेको मुस्ताङबासीले उठाएको जन-आवाज प्रति मुस्ताङ किदुग युएसए केन्द्रिय कार्यलय स्वभाविकरुपमा सम्मानजनक ध्यानअकर्षण भएको छ।

अत; यसबारे वर्तमान कार्यसमिति नजरबन्ध भएर नबसेको पनि यहाँहरुमा स्पस्ट पार्न चाहन्छु। बर्तमान कार्यसमितिले के कस्तो पहल र कदमहरु चलिरहेको छ र कहाँ सम्म पुगेको छ यसबारे स्पष्ट हुन, निवर्तमान कार्यसमितिको कार्यकालमा के कस्ता किसिमको लिखित सम्झौताहरु भएका थिए, NRNA को पूनर्निमाण कार्यमा वर्तमान NRNA केन्द्रिय राष्ट्रिय, समन्वय परिषद काठमण्डौको कार्यसमितिको कार्यशैली र अबस्थाका साथै वर्तमान NRNA अध्यक्ष भवन भट्टको आश्वासन र अब पनि नबनाएमा कसरी अगाडि बढ्ने भन्ने बिषयमा गहण र गम्भिरतापुर्पक छलफल गरी पहिलो चरणको पहलकदमी अघि बढ्नु पर्ने भएको हुनाले यहाँहरु सबै निम्न तपसिलको मिति, समय र स्थानमा अनिवार्यरुपमा बैठकमा उपस्थिति भैदिनु हुन हार्दिक अनुरोध गर्दछु।

अन्तमा, हामीसँग भएको लिखित आधारहरुमा हाम्रो पसिनाले उठाएको रकम कही कतै खेर जाने छैन। कि त घर बन्छ कि त रकम फर्किन्छ। दृढताका साथ NRNA प्रति नेपाल र यहाँ वा कही कतै हाम्रो यो चुनौती रहने छ। मुस्ताङ किदुग युएसए अमेरिकाले उठाएको यस कदममा नेपाल र यहाँ रहनुहुने तपाई हामी समस्त मुस्ताङबासी एकजुट भई यसमा लाग्नु पर्ने हुन्छ। सबैको साथ र सहयोगको आबश्यक रहन्छ। यसमा हामी बिश्वस्त छौ।

धन्यवाद !
 

तपसिल:
स्थान :- मुस्ताङ किदुग यु.एस.ए केन्द्रिय कार्यलय 40-08 ,76th street Jackson Heights NY 11373
मिति:- Novembar 3rd saturaday ,2018
समय :- दिनको 2 .30 pm
राज कुमार बिष्ट

 

(अध्यक्ष)
मुस्ताङ किदुग युएसए
केन्द्रिय कार्यलय न्युयोर्क
Oct 29th, 2018