तस्बिर साभार वेब

मुस्ताङको छुसाङमा मोटरेवल पुल निर्माण : उपल्लो मुस्ताङ सिधा यातायात सञ्जालमा जोडीयो

Hollywood Khabar October 15,2019 Comments

३० असोज, म्याग्दी।हिमालपारीको जिल्ला मुस्ताङको छुसाङमा मोटरेवल पुल निर्माण भएपछि अव उपल्लो मुस्ताङ जाने यातायातका साधनहरुलाई निकै सहज भएको छ। चिनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडक अन्तरगत मुस्ताङको छुसाङमा मोटरेबल पुल निर्माण भएको हो। छुसाङ र चैलेको सिमानामा पर्ने मुस्ताङ गेट भन्ने ठाउँमा कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि उपल्लो मुस्ताङ सिधा यातायात सञ्जालमा जोडिएको छ। 

यसअघि पुल नहुँदा कालीगण्डकी नदीमा पानीको सतह घट्दा हिउँद याममा मात्र जोम सोम देखि लोमान्थाङ हुदै कोरला नाकामा सिधा सवारी सञ्चालन हुने गरेको थियो।पुल निर्माण भएपछि जोमसोम देखि लोमान्थाङ सम्म सहज रुपमा सवारी साधन सञ्चालन हुन थालेका छुसाङका मुखीया बिनोद गुरुङले जानकारी दिए।कालीगण्डकी नदीबाट सवारी साधन तार्नुपर्ने समस्या हटेको छ।७७.२ मिटर लामो पुल ११ मिटर फराकिलो छ।पुल बनेपछि जोमसोम देखि उपल्लो मुस्ताङको दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकाका बासिन्दा,आन्तरिक  तथा बाह्य पर्यटकहरुलाई सहज भएको छ।दैनिक उपभोग्य, खाद्यान्न र निर्माण सामग्री ढुवानी सहज भएको छ।डोलीडारले पुल निर्माणका लागि लुम्बिनी बिल्डर्ससंग चार करोड ७३ लाख ८८ हजार ६८ रुपैयाँमा २०७३ असार ११ मा सम्झौता गरेको थियो। गलत डिजाइनका कारण पुल निर्माणका क्रममा बस्तितर्फ कटान हुने र खोला एकातिर पुल अर्कोतिर बन्ने अवस्था सिर्जना भएपछि अलपत्र बनेको थियो। 

मिती २०७४ मा प्रतिनिधिसभा सदस्य प्रेम प्रसाद तुलाचनको पहलमा पहलमा डोलीडारका अधिकारी, निर्माण कम्पनीका प्रतिनिधि र स्थानीय बासीहरुबीच पुलको डिजाइन परिवर्तन गरेर बस्तिलाई असर नपर्ने र प्रयोग हुने गरि डिजाइन परिवर्तन गराउने सहमति भए पछि पुल निर्माण अघि बढेको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन ले बताए।