Rajan Adhikari

मूर्छित सपना

Hollywood Khabar January 06,2019 Comments

राजन अधिकारी
सुनसान थिए रात भकानिएका थिए यी मन
गाडा अध्यारो संगै कहालिएको थियो तन !

सपना देख्नु नै थियो ननिदाउनुको बिकल्प पनि रहेन
एउटा सपना देखी उठ्छु भन्दा बिधताले त्यो बिन्ति सहेन !

सपना त्यति ठूलो पनि थिएन परिवार पाल्नु सिवाय
पूरा कहिलै नहुने गरि त्यो तारा सधैका लागी विलाए !

सुनसान थिए रात भकानिएका थिए यी मन
गाडा अध्यारो संगै कहालिएको थियो तन !

पूर्खाले खोस्रेको बिर्ता जगेर्ना गर्नु थियो कसैगरी
फाटेको फरिया आमाको हेरिरहुं म कसरी संधैभरी !

जाहान बचेराको चारो जोह त गर्नै थियो जसरी
टालै टालो थोपरिएको टोपी बा को हेरिरहु म कसरी !

सुनसान थिए रात भकानिएका थिए यी मन
गाडा अध्यारो संगै कहालिएको थियो तन !

खाडी नगई माड नलाग्ने भएपछी हिडेको त्यो तारा
असल मान्छे थियो उ भन्थे गॉंउले साथीभाई सारा !

धनको पोकोमा परिबारको खुसी मिसाउने उस्को थियो मन
सारालाई रूवाउदै बाकसमा आयो निर्जिब भएर तन !

सुनसान थिए रात भकानिएका थिए यी मन
गाडा अध्यारो संगै कहालिएको थियो तन !