-Munindra Nembang

म र सिंगो जनसम्पर्क अमेरिकालाई बदनाम गराउने दुष्प्रयासप्रति आपत्ति र गम्भीर ध्यानाकर्षण

Hollywood Khabar April 18,2020 Comments

विज्ञप्ति/४/१९/२०

अहिले सामाजीक सन्जालमा म र म आवद्ध रहेको सॅस्था नेपाली जनसम्पर्क समिति अमेरिका सम्बन्धी केही अनलाइन मिडीया मार्फत मेरो चरित्र हत्या गर्ने र सिंगो संगठनलाई नै बदनाम गराउने मनसायले भ्रामक, कपोकल्पित गलत समाचार अतिरंजित ढंगले प्रचार प्रसार गर्ने दुष्प्रयास गरिएको प्रति मेरो घोर आपत्ति सहित गम्भीर ध्यान आकर्षण भएको छ।

यो महाविपत्तिको वेलामा मानवीय संवेदनशिलताको ख्यालै नगरी समाजसेवाको यो पवित्र कार्यमा अवरोध सृजना गर्नेहरूप्रति दु:ख व्यक्त गर्दै, जनसम्पर्क समितिका सम्पुर्ण साथिहरू, सामाजिक अभियन्ताहरू र आम नागरिक समाजलाई यो गलत र अतिरंजित ढंगले प्रेसित समाचारको विश्वास नगर्न र संयम भएर भ्रममा नपरी आफ्नो सहयोगी भुमिकालाई अझ प्रभावकारी ढंगले अगाडि बढाउन यसै विज्ञप्ति मार्फत सर्वप्रथम अनुरोध गर्दछु र सृजना गरिएका केही भ्रमहरूलाई प्रष्ट पार्न चाॅहन्छु ।

अहिले विश्व नै Covid-19को संक्रमणबाट स्तब्ध बनेको छ । विश्व मानवले नै अति कष्ट र संकट झेलिरहेको यो महामारीबाट अमेरिकाको जनजीवनलाई अझबडी अस्तव्यस्त बनाएको छ । यस संवेदनशील र महाविपत्तीको घडीमा अमेरिकामा वसोवास गर्ने आम नेपालीलाई यो संक्रमणबाट कसरी जोगाउन सकिन्छ भन्नेमा हामी सबै चिन्तित भएका छौ।

यीनै कुरालाई ध्यानमा राखेर नेपाली जनसम्पर्क समिति अमेरिकाले गत मार्च २३ तारिख सोमवारको दिन बसेको केन्द्रीय समिति र सबै च्याप्टर सभापतिहरूको सम्युक्त कन्फरेन्स बैठकले विभिन्न परामर्श समितिहरू गठन गरी सरकारी सहयोग तथा श्रोत परिचालन समितिको संयोजकको जिम्मेवारी मलाई दिएको थियो।

मैले जिम्मेवारी पाएपछि समितिलाई अझ प्रभावकारी ढंगले स्थानीय तहमा सकृय बनाउनका लागि सबै राज्यको स्थानीय च्याप्टरहरूमा जनसम्पर्कका साथिहरू, समाजिक अभियन्ता र बिज्ञहरू समेत सम्मेलित समिति गठन गरेको कुरा यहाॅहरूलाई अवगत नै छ। त्यसै मध्येको एक न्यूयोर्कको समिति पनि हो । यस समितिले सरकारी सहयोग र श्रोत परिचालनको बारेमा राज्यको सम्बन्धित निकायसंग जानकारी लिने र प्राप्त जानकारी आम न्यूयोर्कवासीलाई गराउॅदै जाने मुख्य उदेश्य हो ।

न्यूयोर्कमा हाम्रो समुदायको बसोवास बाक्लो छ ।अहिले कोरोना महामारीको केन्द्र बिन्दु न्यूयोर्क शहर बनिरहेको वेलामा यो प्रलयले हामी सबैलाई अक्रान्त पारीरहेको छ। यसले कसैलाई चिन्दैन, महामारीको क्रुर चपेटामा हामी सबै परिरहेका छौ। आज कसैलाई विपत परेको छ, भोली मलाई नहोला भन्ने अवस्था छैन।

समुदायमा संक्रमित र मृत्यूबरण गर्ने सदस्यहरूको संख्या दिनदिनै बढिरहेको छ। यसको प्रत्यक्ष पीडा हामीले भोगिसकेका छौ। संक्रमितलाई कति धेरै पीडा हुन्छ भन्ने बुझेका छौ। यो महाविपत्तिको वेलामा कसरी हुन्छ समुदायका पीडित सदस्यहरूलाई जतिसक्दो चाॅडो सहयोग गर्ने यस समितिको कर्तव्य हो।

त्यसैले न्यूयोर्कका समितिले सरकारी श्रोत परिचालनको लागि यहाॅको सरकारी निकायका व्यक्तिहरूसंग जतिसक्दो चाॅडो कन्फरेन्स बैठक बोलाउनु पर्ने र बोलाउॅदा संस्थाको लेटरहेड मार्फत अनिवार्य पत्र लेख्नु पर्ने वाध्यात्मक र हतारको अवस्थामा टाक्स फोर्सले पत्रचारका निमित्त मात्र संस्थाको लेटर हेड प्रयोग गरेको हो। सो वाहेक उक्त लेटरहेड प्रयोग गरेर कुनै पनि किसिमको आर्थिक कारोबारको लागि पत्रचार नगरेको व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराउदछु । साथै समितिको केन्दीय सभापति आनन्द बिष्टसंगको परामर्श पछि भने कुनै पनि प्रयोजनका लागि लेटरहेड मार्फत पत्रचार नगरिएको व्यहोरा स्पष्ट पार्न चाॅहन्छु ।

यो विपत्तिको वेलामा जसरी पनि समुदायको संक्रमित सदस्यहरूलाई, मृत्यू भएकाका परिवारलाई र आमसमुदायलाई नै जति सक्दो चाॅडो सहयोग गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो। समितिमा को रहे रहेन भन्ने कुरा गौण हुन मुख्य कुरा लक्षित पीडितलाई सहयोग पुग्यो, पुगेन त्यो ठुलो कुरा हो यो संवेदनशील घडीमा।

केही ढिलाई भएर हाम्रै साथिको ज्यान गएको छ यो रोगबाट हामी पछुताएका छौ।ज्यान गुमाएकाहरूको लागि दाहसस्कार गर्दा गाह्रो परेको पीडा म संग ताजै छ। त्यसैले आम हाम्रो समुदायलाई छिटो महामारीबाट बचाउनका निमित्त हामीले जाति, पार्टी, धर्म, धनी, गरिब, गोरो कालो केही नहेरी मानवताको नाताले सहयोग गरेका छौ र गरिरहन्छौ। यहाॅहरूलाई पनि सोही गर्न आग्र समेत गर्दछौ।

अन्त्यमा ज्यानको बाजी लगाएर खटिरहनु भएका सबै, सबैलाई सम्मान प्रकट गर्दछु र आम नागकिक समाज, सामाजिक अभियन्ता, नेजसअका सबै साथिहरूका साथै यस समितिमा रहेर सकृय भुमिका निर्वाह गर्नुहुने सम्पूर्ण साथिहरूलाई उच्चमनोबलका साथ कोरोनाबाट पीडित भएकाहरूको सेवाको लागि कृयाशिल रहन आग्रह गर्दछु। यो विषम परिस्थितिमा हामीलाई सहयोग सदभाव प्रकट गर्ने सबै प्रति यसै बिज्ञप्ति मार्फत आभार व्यक्त गर्दै, आगामी दिनमा पनि यहाॅहरूको पूर्ण साथ सहयोग र समर्थनको अपेक्षा गर्दछौ ।

धन्यबाद जय नेपाल!

कोरोना विरुद्धको संघर्षमा हामी सबै एक छौं। बाॅचौं र बचाऔं

मुनिन्द्र नेम्बाङ

महासचिव तथा, संयोजक

कोरोना संक्रमित समुदायका लागि

सरकारी सहयोग तथा श्रोत परिचालन समिति

नेपाली जनसम्पर्क समिति अमेरिका