हिन्दु नारिहरु को माहान चाड हरि तालिका तिज नजिकि दै यति बेला तिजका गीत बजारमा ल्याउने लहर चलिरहेको छ। कस्ले कस्तो गीत ल्याउने भनेर कलाकारहरुमा पनि प्रतिस्पर्धा चलिरहेको छ।
त्यसै क्रममा फरक कथा बस्तु बोकेको तिज गीत मुना मदन बजारमा आएको छ। प्रनिल तामाङको स्वर शब्द संगीत रहेको यो गीतमा अमृता लामिछानेको स्वर रहेको छ। वन वे फिल्मसबाट बजारमा आएको गीतलाई प्रनिल तामाङले नै भिडियो निर्देशन गरेका छन। प्रकास खड्काले छायांकन गरेका छन अनि अमृत चापागाइको सम्पादन रहेको छ। गीतमा नारायण लामिछाने करिशमा ढकाल र प्रनिल तामाङको अभिनय हेर्न सकिन्छ।