NRNA: महत्वपूर्ण योजनाका साथ घले दम्पति नेपालमा

Hollywood Khabar March 29,2018 Comments

सोनी शर्मा/हलिउडखबर
गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष डा शेष घले र निवर्तमान आइसीसी सदस्य तथा गत निर्वाचनमा अध्यक्षकी प्रत्यासी जमुना गुरुङ केही महत्वपूर्ण योजनाका साथ नेपालमा आइपुग्नु भएको छ।
भ्रमणका क्रममा डा शेष घलेले एनआरएनका मेघा प्रोजेक्ट अवलोकन गर्ने बताउनु भएको छ। यस बाहेक घले दम्पतिको यस पटकको नेपाल भ्रमणलाई निक्कै महत्वका साथ हेरिएको छ।
घले दम्पतिलाई एनआरएनएका सचिव जानकी गुरुङ, एनआरएनए युकेका प्रमुख संरक्षक एवं संघका निवर्तमान सल्लाहकार मेजर डमर घले, एनआरएनए युकेका पूर्व अध्यक्ष तथा निवर्तमान आइसी सदस्य योगेन क्षेत्री, एसिया प्यासिफिक पूर्वआरसी त्रिलोक गुरुङ, पूर्व सल्लाहकार युवराज गुरुङ, बेलायतकै पूर्व अध्यक्ष मुक्षेत्र गुरुङ, एसिया प्यासिफिक पूर्व डिआरसी गोबिन्द श्रेष्ठ, बहराइनका पूर्व अध्यक्ष हुनुहुन्थ्यो। त्यसैगरी श्याम तामांग, पासाङ्ग लामा र सिके शेर्पा अमेरिका लगायतका एनआरएनहरुले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए।