- मृगौला पीडितहरुले प्रर्दशन गरे

मृगौला पीडितहरुले प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रर्दशन गरे

Hollywood Khabar November 17,2019 Comments

२मंसिर,काठमाडौं।प्रधानमन्त्री स्वयम् मृगौला पिडित भएर पनि पिडितको समस्या नबुझेको भन्दै मृगौला पीडितहरुले प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रर्दशन गरेका छन्।मृगौला पिडित सरोकार समाजको नेतृत्वमा सोमबार बालुवाटार पुगेका पिडितहरुले जिविकोपार्जन वापतको मासिक भत्ता र डायलासिसमा दिदै आएको सुविधा यथावत राख्न माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रर्दशन गरेका हुन्।

१४ बुँदे ज्ञापनपत्र लिएर बालुवाटार पुगेका पीडीतहरु प्रधानमन्त्रीसँग भेट्न नपाएपछि आक्रोशित बनेका थिए।प्रधानमन्त्री आफूले निजी अस्पतालमा उपचार गराएर राज्यको ढुकुटी सकेको तर पीडीतका लागि सामान्य सुविधा पनि कटौती गरेको भन्दै उनीहरुले प्रधानमन्त्री प्रति आक्रोश समेत पोखेका छन् ।

पीडीतहरुले जीविकोपार्जन वापतको मासिक भत्ता ५ हजार उपलब्ध गराउनुपर्ने , निशुल्क हेमोडाइलाइसिस, विरामी कुरुवाको उचित बसोबासको व्यवस्था, डाययलासिस सुविधाको रकम तत्काल उपलब्ध गराउनुपर्ने लगायत १४ बुँदे माग गरेका छन्।प्रधानमन्त्रीसँग भेटगर्न नपाएपछि पीडितहरु बालुवाटारबाट नाराबाजी गर्दै माईतीघरमण्डला सम्म आएका थिए। उनीहरुले मण्डलामा पनि केही समय प्रर्दशन गरेका थिए।