Mr and Miss Tharu 2018

रोबिन चौधरी र आकृति चौधरी भए- मिस्टर एन्ड मिस थारु २०१८

Hollywood Khabar November 02,2018 Comments

जह इन्टरटेन्मेन्टको आयोजनामा सम्पन थारु समुदायको सबैभन्दा आकर्षित सौन्दर्य प्रतियोगितामा रुपन्देहीका रोविन चौधरी र मोरङकी आकृति चौधरी मिस एन्ड मिस्टर थारु २०१८ को उपाधि जित्न सफल भएकाछन्।

सौन्दर्य प्रतियोगिता कार्तिक १६ गते काठमाडौंको जमलस्थित नाचघरमा सम्पन्न भयो। रोविनले २० प्रतिस्पर्धीलाई उछिन्दै उपाधि जिते भने आकृतिले १४ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि जितिन्।

त्यस्तै पुरुषतर्फ फस्ट रनरअप विवेक चौधरी र सेकेन्ड रनरअप दिपेन चौधरी भए। त्यस्तै महिलातर्फ फस्ट रनरअप सलेश्वरी चौधरी र सेकेन्ड रनरअप आश्मा चौधरी भइन्।

उनीहरुलाई पहिलो सिजनका विजेताहरुले ताज पहिर्याएका थिए। विजेता तिनैजनाले नगद राशिसहित गिफ्टहरु प्राप्त गरेका थिए।