मिस्टर एन्ड मिस थारु २०१८ सिजन २- चितवान अडिसन

Hollywood Khabar September 09,2018 Comments

थारु भाषा ,कलासंस्कृति, भेषभुशालाई प्रबर्द्धन गर्ने तथा थारु युवायुवतीहरुको बौद्धिकता र प्रतिभालाई सम्मानका साथ प्रतिष्ठित गरि आत्मनिर्भर बनाउने हेतुले संचालित मिस्टर एन्ड मिस थारु२०१८ (सिजन २) को अडिसन २५ गते राइनो होटल चितवनमा सम्पन्न भएकोछ।

मिस थारु २०१७ कि बिजेता जेनिसा चौधरीकै गृहजिल्लाको अडिसनमा सृष्टि चौधरी, हरि शंकर चौधरी, अभिषेक महतो, मानिस महतो, दिपकमणि महतो, सुजाता महतो र  संजिव चौधरी गरि ७ जना प्रतिस्प्रधीहरु छानिएका छन।

अडिसनमा मिस थारु २०१८ जेनिसा चौधरी, कोरियोग्राफर निश्मा चौधरी, पोशाक परिकल्पक सुजन परियार , युवा अभियन्ता चन्चल चौधरी र जयस चौधरी निर्णायकको भुमिका निर्वाह गरेका थिए। मिस थारु २०१७ कि बिजेता जेनिसा चौधरीकै गृहजिल्लाको अडिसनमा सृष्टि चौधरी, हरि शंकर  चौधरी, अभिषेक महतो, मानिस महतो, दिपकमणि महतो, सुजाता महतो र संजिव चौधरी गरि ७ जना प्रतिस्प्रधीहरु छानिएका छन।

अडिसनमा मिस थारु २०१८ जेनिसा चौधरी , कोरियोग्राफर निश्मा चौधरी , पोशाक परिकल्पक सुजन परियार , युवा अभियन्ता चन्चल चौधरी र जयस चौधरी निर्णायकको भुमिका निर्वाह गरेका थिए।

त्यसैगरी मिस्टर एन्ड मिस थारु सिजन २ को अर्को अडिसन २७ गते अर्चिड क्याफे लाहानमा हुने आयोजकले जानकारी गराएको छ।