https://www.youtube.com/embed/xDce3TR1fe0

“पर्व”को चर्चा परिचर्चाले दर्शकहरु उत्साहित-भिड लाग्ने शुभसङ्केत

Hollywood Khabar May 16,2017 Comments

आगामी जेठ १२ गते देखि अधिराज्यभर प्रदर्शनमा आउने चलचित्र “पर्व” को चर्चा यत्र तत्र सर्बत्र छ। निर्माण पक्षले चलचित्रको प्रचार प्रसारलाई कुनै कसर नछोड्ने गरि तीव्र गति दिएका छन् l 

केहि समय अगाडी “काले दाई” र “जिन्दगानी तिमी” बोलको २ वटा गीत सार्वजनिक गरिको मध्ये “काले दाई” ले युटुबमा १ करोड भन्दा ज्यादा दर्शकले हेरेको देखाएको छ l  चलचित्रमा संगीतको अहम भूमिका हुनाले संगीत राम्रो प्रस्तुति रहेकोले कै चलचित्र हेर्नको लागि दर्शकहरु धेरै उत्साहित भएको संकेत गर्दछ ।

केहि समय अगाडी निर्माण पक्षले  सार्वजनिक गरेको ट्रेलरलाई समेत दर्शकहरुले अत्याधिक मनपराई रहेको अवस्था छ । यस्तै सस्पेन्स थ्रिलर(सन्देह रोमान्चक )मा केन्द्रित चलचित्रमा अन्य नया कुराको मिश्रण रहेको छ l  चलचित्रमा केहि फरक कथा वस्तुको चित्रण गर्न खोजिएको प्रष्ट देखिन्छ । गोपी कृष्ण टिभी र सुवास इन्टरटेनमेन्टको सयुक्त निर्माणमा तयार भएको चलचित्रमा नम्रता श्रेष्ठ , कोशिश क्षेत्री , माला लिम्बु , अमितेश शाह , केशव भट्टराई , जेबिका कार्की , प्रिया रिजाल , श्रेयांश तिमिल्सिना लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

यसै गरि चलचित्रमा राजेश श्रेष्ठको छायांकन , बनिश शाहको सम्पादन , हिमाल केसीको द्वन्द र कविराज गहतराजको नृत्य निर्देशन समावेश रहेको छ । चलचित्रको निर्देशन दिनेश राउतले गरेका छन् । यसै गरि चलचित्रको निर्माता तर्फ भने निकिता पौडेल र सुवास गिरी रहेका छन् । 

चलचित्र निकै राम्रो तयार भएको र केहि फरक कथा र नया कुराको मिश्रण गरिएको हुदा दर्शकहरुले चलचित्रबाट भरपुर मनोरंजन प्राप्त गर्नुहुने विश्वास निर्देशक दिनेश राउतले ब्यक्त गरेका छन्।