२ साउन बैतडी।बैतडीमा बिहीबार मोटरसाइकल दुर्घटना हुँदा सुर्नया गाउँपालिका वडा नं-१ का वडाध्यक्ष कलशबहादुर चन्दको निधन भएको छ।सुर्नया गाउँपालिकाको सतबाँझबाट खोचलेक तिर जाँदै गरेको वडाध्यक्ष चन्द चढेको से १ प १११४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको चन्द्रसिंह ऐर चढेको म २ प ६६३३ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको हो।दुर्घटनामा गम्भीर घाइते भएका वडाध्यक्ष चन्द चन्दलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पुर्याउँदा मृत घोषणा गरिएको थियो।
अहिले चन्दको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ भने दुर्घटनामा घाइते भएका चन्द्र सिंह ऐरको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।