मदरल्याण्ड नेपालको नेपाल कल्चरल सेन्टरका लागि हस्ताक्षर संकलनको अनुरोध

Hollywood Khabar June 24,2017 Comments

अमेरिकामा रहेका नेपाली नागरिकहरु पहिचानका लागि आन्दोलित छन्। यो आन्दोलन भौतिकभन्दा बढी मानसिक छ। मनमनमै नेपालीहरु पहिचानका लागि उद्वेलित बनेका छन्। जन्मथलो नेपाल विश्वमा सांस्कृतिक पहिचानले समृद्ध मानिन्छ, तर त्यहींका नागरिक अमेरिकामा पुगेपछि पहिचान शून्य अवस्थामा पुग्छन्। सांस्कृतिक क्षेत्रमा समृद्ध रहेका नेपाली मुलुकबाहिर पुगेपछि निर्धन र गरिब बन्नु पीडाको विषय हो। सांस्कृतिक रुपले धनी नेपाली किन गरिब बनेका छन् भनेर खोजिपस्ने हो भने जबाफ आउँछ, सांस्कृतिक अभिव्यक्तिका लागि उपयुक्त ठाउँ र वातावरणको अभाव।
विगत डेढ दशकदेखि नेपाली नागरिकको पहिचान र नेपालको प्रसिद्धि अमेरिकामा विस्तार गर्न सक्रिय मदरल्याण्ड नेपालले यसको केन्द्रीय कार्यालय रहेको क्यालिफोर्नियाको बेएरियामा एक सांस्कृतिक केन्द्र होस् भनेर सरोकारवालाहरुसँग हारगुहार गर्दैआएको छ। मदरल्याण्ड नेपाल कल्चरल सेन्टर नामको यस केन्द्रमा हरेक नेपालीले आफ्नो भाषा, धर्म, संस्कृति र परम्पराअनुसारको पूजापाठ, विवाह ब्रतबन्ध, छेवर, पास्नी, गँठेमंगल, लाखेनाच, सोरठी, द्यौसी, भैलीआदि नाचगान गर्न पाउनेछन्। यस्ता कार्यक्रमको निरन्तरताले हामीमा विकसित पहिचानविहीनताको अवस्थाको अन्त्य हुनेछ। अमेरिकामा रहेका नेपालीको व्यक्तित्व विकासमा बाधक बन्दैआएको पहिचानविहीनतालाई परास्त गर्न यस केन्द्रको स्थापना आवश्यक मात्र होइन अनिवार्य देखिएको छ।
अमेरिकामा रहेका वरिष्ठ नागरिक हुन् वा तन्नेरी सबैको चाहना र आवश्यकताको यस सांस्कृतिक केन्द्रको स्थापना लाखौं डलर लगानीको विषय हो। त्यस्तै, नेपाली संस्कृतिप्रेमी पचासौं नेपालीले चन्दा दिएर आफ्नो पहिचान अभिवृद्धि गर्ने प्रतिवद्धता जनाइसकेका छन् । यस सम्बन्धमा म मदरल्याण्ड नेपालका तर्फबाट तपाईं सबै नेपाली महानुभावमा पिटिसन दिएर योगदान पुर्याउन सादर अनुरोध गर्दछु।
प्रार्थी
अनिल पाण्डे
संस्थापक अध्यक्ष
मदरल्याण्ड नेपाल, क्यालिफोर्निया, युएस
फोनः510 457 8991
इमेलः info@motherlandnepal.org

Click Link for sign:

https://secure.avaaz.org/en/petition/Nepal_lovers_Motherland_Nepal_cultural_center/?ekEMJemb&utm_source=sharetools&utm_medium=email&utm_campaign=petition-430063-Nepal_lovers_Motherland_Nepal_cultural_center&utm_term=EMJemb%2Ben