Diksha Basnet

सम्पूर्ण आमाहरुमा मेरो नमन !! बस्नेत खप्तडी

Hollywood Khabar April 14,2018 Comments

दिक्षा बस्नेत खप्तडी
शब्द शब्दमा पोखिएर,
अर्थपूर्ण वाक्य सिकाउने
तोतेमा बर्णमाला घोकाउने,
तातेमा पाइला सार्न सिकाउने
अनि
थाकेको अनुहार बिर्सिएर
काखमा राखी दशधारा रसाउदै,
पसिना संग जिउन सिकाउने  
संसार भरिका उनै दयालु पात्र,
सम्पूर्ण आमाहरुलाई
ह्याप्पी मदर्स डे !

ती अनुहार भरिका,
मुस्कान पोखिदिएर
न्यानो वात्सल्य बाड्दै,
निस्वार्थ माया छरीरहने
हरेक पाइलामा तागत भर्दै,
हृदयको उचाइमा संतानलाई राख्ने
सम्पूर्ण आमाहरुलाई,
ह्यापी मदर्स डे!
अनि
ढल्किअदै गरेको उमेरमा,
जिबनको पहाडी थुम्कोमा
उभिदै,पलास झैँ मुस्कुराउने
धेरै हिउद र शरद पिउदै,
कुनै कथाको सफल पात्र झैँ
अटल बिश्वास्की धनि,
मलाई यो संसार देखाउने
मेरी जननी मेरी आमालाइ
ह्याप्पी मदर्स डे!