-साङ्केतिक तस्बिर

मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु तीन घाइते 

Hollywood Khabar November 14,2019 Comments

२९ कात्तिक,काठमाडौं।धादिङमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किंदा एक जना मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।शुक्रबार धादिङको बेनिघाट रोराङ गाउँपालिका-३मा मोटरसाइकल ठोक्किंदा बा ९३ प १७९३ नम्बरको मोटरसाइकल चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका-३ का २५ वर्षीय अशोक मगरको मृत्यु भएको हो ।

मगर सवार मोटरसाइकल संग लु ४४ प १४९९ नम्बरको मोटरसाइकल ठोक्किएको धादिङका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।घाइते हुनेहरुमा धादिङको सिद्धलेक गाउँपालिका-६ का २१ वर्षीय सन्तोष श्रेष्ठ‚ रुपन्देहीको बुटवल नगरपालिका-१३ का ३९ वर्षीय प्रदिप काफ्ले र बुटवलकै २९ वर्षीय अमिर न्यौपाने रहेका छन् ।घाइते तीनै जनालाई उपचारका लागि ट्रमा सेन्टर काठमाण्डौं पठाइएको प्रहरीले जनाएको छ।