-तस्विर वेब

 मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेले अनिवार्य हेलमेट लगाउनुपर्ने 

Hollywood Khabar May 18,2019 Comments

५ जेठ, काठमाडौं।अबदेखि मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेले पनि आईएसओ मान्यता प्राप्त हेलमेट लगाउनुपर्ने भएको छ ।महानगरीय ट्राफिक महाशाखाले दुर्घटना न्यूनिकरणका लागि मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने नयाँ नियम प्रस्ताव गरेको हो।महानगरीय ट्राफिक महाशाखाका  प्रमुख एसएसपी वसन्तकुमार पन्तले आईएसओ मान्यता प्राप्त हेलमेट दुइपाङ्ग्रेमा सवार दुबैजनाले  प्रयोग गर्नुपर्ने नियम प्रस्ताव गरिएको बताए।दुई पांग्रे सवारी दुर्घटनाको क्रम बढेको र पछाडी बस्नेले हेल्मेट प्रयोग नगर्दा थप क्षति भएको भन्दै ट्राफिक महाशाखाले यातायात व्यवस्था ऐनमा संशोधन गरी हेलमेट अनिवार्य रुपमा लगाउनु पर्ने व्यवस्था गर्न यातायात व्यवस्था विभागमा अनुरोध गरेको छ ।