-साङ्केतिक तस्बिर साभार वेब

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

Hollywood Khabar February 13,2020 Comments

३ फागुन,काठमाडौं।कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ।अत्तरियाबाट गोदावरी तर्फ जाँदै गरेको से ७ प ४०७९ नम्बर को मोटरसाइकल दुर्घटना हुँदा धनगढी २ का पदमनिधि पण्डितको ज्यान गएको हो।दुर्घटनामा परि घाइते भएका पण्डितको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।