-मोहिनी शाक्य

मोहिनी शाक्यले गोदावरी नगरपालिकाको बाबियो गाउँमा शैक्षिक सामाग्री वितरण गरिन

Hollywood Khabar February 04,2019 Comments

सन्तोष प्रणामी/ललितपुर

गोदावरी नगरपालिकाका गरिव तथा विपन्न बालवालिकाहरुलाई स्टेशनरी तथा अन्य आवश्यक सामाग्री वितरण गरिएको छ।

माघ २२ गते मङ्गलबार ज्ञानशाला न्यूज डटकमको समन्वयमा समाजसेवी मोहिनी शाक्यको सहयोगमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको हो ।

नगरको सुविधा भन्दा बाहिर रहेको मानिने वडा नं. ७ को देवीचौरको बाबियो गाँउमा रहेको ज्वालादेवि आधारभुत विद्यालयका वालवालिकाहरुलाई झोला, आवश्यक स्टेशनरी सामान वितरण गरिएको थियो। सहयोग सानो भए पनि विद्यार्थीहरुमा विद्यालय निरन्तरता हुन र पढ्न उत्साह जाग्ने समाजसेवी मोहिनी शाक्यले विश्वास ब्यक्त गरिन्।

फेसबुकमा गरिव बालवालिकाको भिडियो हेरेपछि भावना जागेर आफ्नो ब्यक्तिगत खर्चमा सेवा गरेको बताउदै शाक्यले आगामी दिनमा उक्त विद्यालयमा हरेक कक्षामा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई विशेष पुरस्कार दिने समेत घोषणा गरिन्।

वडा नं. ७ अलि विकट छ, बालवालिकाको आधारभुत आवश्यकता अन्य वडा भन्दा यस वडामा आवश्यक छ । बालमैत्री अभियान कागजमा मात्र नभई वास्तवमै पछाडि परेका वालवालिकाबाट शुरु गर्नुपर्छ । सबैजनाको भावना उहाँको (मोहिनी शाक्य) जस्तै भए गरिव बालवालिकाले पनि सहज शिक्षा पाउने थिए। सञ्चारकर्मी कृष्णमुरारीले बताए। कार्यक्रम वडा बाल संरक्षण तथा संबर्धन समितिकी सचिव रमा सञ्जेलको सहजीकरणमा भएको थियो भने बाल अधिकारकर्मी सुष्मा पुडासैनी पनि उपस्थिति थिईन् ।

विद्यालयका प्रद्यानाध्यापक बद्रिप्रसाद बजगाँईले विद्यार्थीहरु खुशी र उत्साही भएकाले सहयोगीलाई धन्यवाद दिए । गाउँमा डुल्दै समाजसेवी मोहिनी शाक्यले सहयोगापेक्षी अन्य बालवालिकालाई समेत कपडा लगायत अन्य स्टेशनरी सामान वितरण गरेकी थिईन् ।