खानेपानी मन्त्रालय/काठमाडौं
खानेपानी मन्त्रालयले देशैभरि ढलको व्यवस्थापन गर्न र पानी बोक्ने ट्यांकरहरुको अनुगमन गर्न निर्देशिका मस्यौदा समिति बनाउने निर्णय गरेको छ ।
सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा बसेको साप्ताहिक समीक्षा बैठकमा देशैभरि ढलको व्यवस्थापन तथा अनुगमन गर्न र ढलको प्रारम्भिक प्रशोधन गरेर मात्र निष्काशन गर्ने व्यवस्था लागु गर्न मस्यौदा समिति बनाउने निर्णय गरिएको हो ।
मन्त्रालयले बनाउन लागेको समितिको नाम पानीको स्रोत तथा ट्यांकर व्यवस्थापन निर्देशिका मस्यौदा समिति र फोहोर पानी निष्काशन निर्देशिका मस्यौदा समिति रहेका छन् । पानीको स्रोत संरक्षण तथा ट्यांकर व्यवस्थापन निर्देशिका मस्यौदा समितिको संयोजकमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीव विक्रम राणा र सदस्यहरुमा रमेश केसी, डेल प्रसाद चापागाई, नारायण खनाल र सुरेश महाजु र फोहोर पानी निष्काशन निर्देशिका मस्यौदा समितिको संयोजकमा सहसचिव अनिलभद्र खनाल, सदस्यहरुमा मिना श्रेष्ठ, संजीव विक्रम राणा, अर्जुन ढकाल, टिकाबहादुर चौधरी र सुरत बम रहनु भएको छ । बैठकमा मन्त्री मगरले कामको गति बढाउन सम्बन्धित विभागीय प्रमुखहरुलाई निर्देशन दिनुभएको थियो ।
बैठकमा खानेपानी मन्त्री समक्ष मन्त्रालय मातहतका विभागीय प्रमुखहरुले साप्ताहिक रिपोर्टिङ गरेका थिए । यसैबीच अघिल्लो साता काठमाडौं उपत्यका लगायत देशका ७५ वटै जिल्लामा ढलको अनुगमन गरिएको थियो । काठमाडौं उपत्यका बाहेक अन्य जिल्लामा रहेका अस्पतालहरु मध्ये ३८ वटा अस्पताल र ३६ वटा होटलको अनुगमन गरिएको रिपोर्टिङ बैठकमा पेश भएको थियो ।
बैठकमा मन्त्रालयसँगको समन्वय मार्फत वाटर एडको सहकार्यमा नेपाल खानेपानी संस्थानले सिरहाको लहान नगरपालिका वडा नं. १ देखि १० सम्मको सेवा क्षेत्रमा रहेका गरिब निमुखा जनतालाई खानेपानीको सेवा उपलब्ध गराउन आवश्यक पूर्वाधार निर्माण गर्न लागिएको जानकारी समेत गराईएको थियो।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...