मोदी नेपाल भ्रमणसंग जोडिएका त्रुटिप्रति जनसम्पर्क अमेरिका: ध्यानाकर्षण

Hollywood Khabar May 15,2018 Comments

प्रेस विज्ञप्ति
मित्र राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको वैशाख २८ गते राजकीय नेपाल भ्रमणको अवधिमा भारतीय सांसद, नेपाल सरकार र दुई नम्बर प्रदेशका मुख्य मन्त्री एवं प्रदेश सरकारले गरेका गम्भीर त्रुटि, कृयकलाप र आपत्तिजनक अभिव्यक्तिहरू प्रति हामी प्रवासमा बस्ने आम नेपालीको बिशेष ध्यानाकर्षण भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको वेलामा उब्जीएका प्रत्येक घटनालाई नियाल्दा एउटा स्वतन्त्र सार्वभौमस्वाधीन राष्ट्र नेपालको, राष्ट्रियता, अखण्डता, सार्वभौमिकता र लोकतान्त्रिक राज्य व्यवस्था माथि ठाडो हस्तक्षेप गरी निर्ममप्रहार भएको ठहर नेपाली जनसम्पर्क समिति अमेरिकाले गरेको छ ।

प्रधानमन्त्री मोदीको नेपाल भ्रमण कै समयमा एउटा स्वतन्त्र र सार्वभौम राष्ट्र नेपालको भु-भाग जनकपुरलाई भारतमा मिलाउनुपर्छ भनेर अभिव्यक्ति दिने भारतीय सत्तासीन पार्टीका सांसद किर्ति आजादको अभिव्यक्तिप्रति संगठनले घोर निन्दा र भर्त्सनागर्दै, चाँडो सरकारले कुटनीतिक पहल गरी यस बिषयलाई सम्बोधन गर्न जोडदार माग गरेको छ।

त्यस्तै प्रदेश न.२ का मुख्यमन्त्री लालबावु राउतले कुटनीतिक मर्यादालाई भुलेर मोदीसामु दिएको गैरजिम्मेवारीपूर्णअभिव्यक्त्ति, नागरिक सर्वोच्चता र लोकतान्त्रिक राज्य व्यवस्था माथि ओली सरकारले गरेको ठाडो कम्युनिष्ट अधिनायकवादीहस्तक्षेप, गम्भीर व्यवस्थापकीय त्रुटिका कारण भएको नेपालको राष्ट्रिय झण्डाको अपमान, नेपाली भुगोलमा भारतीय सेना रकमाण्डोको हस्तक्षेपकारी उपस्थिति, र जनतालाई सुचिचित गराउँने नेपाली संन्चारकर्मीलाई मोदीको भ्रमणमा बामगठबन्धनकोसरकारले गरेको प्रवेश:निषेध,लगायतले स्वाधीन राष्ट्रको स्वाभिमानी नेपालीलाई गहिरो चोट पुर्याएको छ । त्यसैले यस्ताकिसिमका आपत्तिजनक गतिविधिको नेपाली जनसम्पर्क समिति अमेरिकाले कडा आपत्तिका साथ घोर निन्दा र भर्त्सना गर्दछ ।

पिडादायक भारतीय नाकाबन्दीलाई नेपाली जनताले बिर्सिएका छैनन्। नेपाल भ्रमणको वेलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली दुवैले नाकाबन्दीको बारेमा सम्बोधन नगरेको प्रति संगठनले खेत प्रकट गर्दै, यो एउटा गम्भीर भुल भएको ठहर गरेको छ ।

राष्ट्रवादी गठबन्धनको मुकुण्डो लगाएर प्रधानमन्त्री बनेका खड्क प्रसाद ओलीले नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्रीनरेन्द्र मोदी सामु लत्रीएर नाङगीएपछि सार्वभौम नेपालको राष्ट्रिय अस्मिता नै यतिवेला खतरामा भएको आभाष हाम्रो संगठनलेगरेको छ । त्यसैले मुलुकको राष्ट्रीयता, सार्वभौमिकता र अखण्डता नै केही खकुलो र कमजोर बनी चरमराएको यो बेलामा सारादेश र विदेशमा भएका आम नेपालीलाई

स्वतन्त्र सार्वभौम स्वाधीन राष्ट्र नेपालको, राष्ट्रियता, अखण्डता, सार्वभौमिकता र लोकतान्त्रलाई बलीयो र मजबूद बनाउँनकानिमित्त एक ढिक्का भईदिनहुन नेपाली जनसम्पर्क समिति अमेरिका हार्दिक बिनम्र अनुरोध गर्दछ ।

धन्यवाद , जय नेपाल !
मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क समिति अमेरिका
मे १५, २०१८