भारतीय प्रधानमन्त्री मोदीको नेपाल मोह :पाँचौं पटक नेपाल आउँदै 

Hollywood Khabar September 24,2018 Comments

९ असोज,काठमाडौं।पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल मोह बढेको छ।आफु प्रधानमन्त्री भएपछि चार पटक नेपाल आइसकेका भारतीय प्रधानमन्त्री मोदी मंसिर १२ र १३ गते पाँचौं पटक नेपाल भ्रमणमा आउन लागेको  भारतीय सञ्चारमाध्यमहरुले दावी गरेका छन्।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी  बुद्ध जन्मस्थल लुम्बिनीको समेत भ्रमण गर्ने कार्यक्रम रहेको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई लुम्बिनी घुम्ने निम्तो दिएका थिए । 

भारतको आम निर्वाचन अघि नै ‘छिमेक नीति’ लाई पहिलो प्राथमिकता दिएका मोदीले नेपाल भ्रमण गरेर वातावरण सौहार्द बनाउनु पर्ने सल्लाह अनुरुप नेपाल आउन थालेका हुन् ।गत बैशाखमा नेपाल आएका बेलामा मोदीले धार्मिक पर्यटनको मिसनलाई निकै प्राथमिकताका साथ उठाएपछि जनकपुरबाट सुरु भएको रामायण सर्किट भारतको अयोध्यासँग जोडिने गरेको छ।