-मिस नेपाल वर्ल्ड अनुस्का श्रेष्ठको सान फ्रान्सिस्कोमा दोश्रो कार्यक्रम

मिस नेपाल वर्ल्ड अनुस्का श्रेष्ठको सान फ्रान्सिस्कोमा दोश्रो कार्यक्रम

Hollywood Khabar July 30,2019 Comments

कृष्ण के सी/अमेरिका/७/३१/१९

जुलाई २६ मा सियाटलमा अमेरिकाको पहिलो भ्रमण र कार्यक्रम सुरु गरेकी मिस नेपाल वर्ल्ड अनुस्का श्रेष्ठ सान फ्रान्सिस्को पुगेकी छन्।

जुलाई २९ मा लायन्स क्लब अफ सान्ता रोजा काष्ठमण्डपद्धारा आयोजित मिट एण्ड ग्रिट अनुस्का श्रेष्ठ सम्पन्न पछि उनकै लागि सान फ्रान्सिस्कोमा आयोजित अर्को कार्यक्रममा सहभागी हुने भएकी छन्।

ब्यबसायी तथा हिमालयन फाउण्डेशन र नेपाली कम्यूनिटी सेन्टर सान फ्रान्सिस्कोका अध्यक्ष यज्ञलाल श्रेष्ठद्वारा मिट एण्ड ग्रिट मिस नेपाल अनुस्का श्रेष्ठ आयोजना गरिएको छ।

यहि जुलाई ३१, २०१९ बुधबार साँझ मिस नेपाल वर्ल्ड अनुस्का श्रेष्ठको सिन्धुपाल्चोक प्रोजेक्टको सहयोगार्थ यो मिट एण्ड ग्रिट फण्ड रेजिङ्ग डिनरको आयोजना गरिएको हो। टेष्ट अफ हिमालयन फ्लेबर, बर्क्लीमा आयोजना गरिएको सो कार्यक्रममा सबैलाई हार्दिक निमन्त्रणा गरिएको छ।