जह इन्टरटेन्मेन्टद्धारा सन्चालित मिस्टर एन्ड मिस थारु २०१८ दोस्रो संस्करणको लाहान अडिसन भाद्र २७ गते अर्चिड क्याफे लाहानमा सम्पन्न भएकोछ।
अडिसनमा आश्मा चौधरी, सरोज कुमार चौधरी, विवेक कुमार चौधरी, सुश्मिता चौधरी र आशिष बिश्वास गरि जम्मा ५ जना प्रतिस्प्रधीहरु छनौट भएकाछन। आयोजकहरुका अनुसार छनौटमा परेका प्रतिस्पर्धीहरुलाई असोजको दोस्रो साता देखि काठमाडौंमा प्रशिक्षण दिइनेछ।
अडिसनमा जकका अध्यक्ष सुरेश चौधरी, प्रतिनिधि सुदिप चौधरी, मिस थारु २०१७ की पूर्व प्रतिस्प्रधी सीता चौधरी र अर्चिड क्याफेका संचालक अभिनन्दन चौधरी निर्णायकको रुपमा उपस्थित भएका थिए। अर्को अडिसन भाद्र २८ गते होटल त्रियुगा इटहरीमा हुने जानकारी प्राप्त भएकोछ।
मिस्टर एन्ड मिस थारु २०१८ संस्करण-२ को लाहान अडिसन सम्पन्न
