Hollywoodkhabar advertisement

एनआरएनए को MIS असुरक्षित भन्दै एनसीसी बेलायत बिरुद्ध मुद्धा हाल्ने तयारी

-एनआरएनए को MIS असुरक्षित भन्दै एनसीसी बेलायत बिरुद्ध मुद्धा हाल्ने तयारी
0
shares

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) बेलायतमा गैरआवासीय नेपाली संघको सदस्यता लिने Management Information Systems (MIS) बाट व्यक्तिगत सूचना असुरक्षति हुने भन्दै मुद्धा हाल्ने तयारी भएको छ।

एनआरएनए एनसीसी बेलायतको आगामी कार्यकाल २०२१-२०२३ का लागि महासचिवका आकांक्षी रहेका कर्मा पहाडी शेर्पाले स्मार्ट एनआरएनएको नाममा पर्सनल डाटाको एक्स्पोज भएकोले जनचेतनाका लागि सबै सजग रहन आह्वान गरेका छन्।

एनआरएनए एनसीसी युकेले पहिलो पटक एमआईएस प्रविधिबाट सदस्यता वितरण गर्दैछ। जुन कुरा नयाँ प्रविधिसँग परिचितहरुलाई खुशीको कुरा हो भने अधिकांश सदस्यहरु यस्तो सिस्टमको प्रयोग गर्न सक्दैनन्। जसका कारण अनलाइन भोट दिन त हैन साधारण सदस्य बन्न पनि मुस्किल परेको छ। यस्तो अन्योलको घडीमा अनलाइन मार्फत आफ्नो परिचय पत्र, घरको ठेगाना, बैंक, फोन, इमेल, पासपोर्ट, आइडि जस्ता व्यक्तिगत कुराहरु अपलोड गरेर सदस्य बन्दा यो सबै डाटाको सुरक्षा नहुने तथ्य बाहिर आएको छ।

त्यहि कुरा अमेरिकी कानुन बिरुद्ध हुने र त्यसको प्रत्याभूति दिन, बिमा गर्न समेत भन्दा त्यसो नहुने, बायो इन्फरमेशन (सेल्फि) समेत गर्नु पर्ने भएको समस्या भएको थियो। त्यो समय अमेरिकाको जिप्कोड र आइओएस एप समेत तयारी भएको थिएन। एप्पलले आइडी भएकाले एप स्वीकृत नै दिएको थिएन। एनआरएनए एनसीसी अमेरिकालाई आइसीसीले आफ्नै तयारी नभएकाले यो पटक छुट दिएको थियो। तर बेलायतमा त्यहि नबिकेको असुरक्षति डाटा सिष्टम लादेर जबरजस्ती गराइयो।

शेर्पा स्वयम् यहि जुलाई ३१ मा हुने एनआरएनए एनसीसी युकेको चुनावका महासचिवका आकांक्षी पनि हुन्। त्यसबाट आफूलाई घाटा हुने भएता पनि उनले आफ्नो भोटको स्वार्थको लागि हजारौं सदस्यको हित बिपरित डाटा दुरुपयोग नगर्ने बरु सबैको हकहितमा लड्न आफु सधैँ लागिरहने बताएका छन्।आफु स्मार्ट एनआरएनएको बिरोधी नभएको तर डाटा सुरक्षति हुने प्रत्याभूति नभएकाले यो बिषय उठाएको बताएका छन्।

कर्मा पहाडी शेर्पाले आफु सदस्य बन्ने र बनाउने क्रममा आफ्नो व्यक्तिगत डाटाको सुरक्षा नहुने थाहा पाएपछि एनआरएनए एनसीसी युकेलाई इमेल मार्फत पत्र पठाएका छन्। उनले आफु एनआरएनए एनसीसी युकेको जवाफको प्रतिक्षामा रहेको जानकारी दिएका छन्। आफु पहिले सदस्य बन्दा प्रयोग गरिएका व्यक्तिगत कुराहरु सदस्य बनेको दुईदिन मै आफ्नो मन्जुरी नलिई अन्य वेबसाइटमा थर्ड पार्टी शेयर गरी दुरुपयोग गरिएकोमा आपत्ति जनाएका छन्।

शेर्पाले आफुसँग सो कुरा प्रमाणित गर्ने तथ्य प्रमाण रहेको पनि बताएका छन्। शेर्पाको पत्र पाएको जानकारी पाएपछि एनआरएनए एनसीसी युकेका चारजना उपाध्यक्ष लगायत अन्य कार्यसमितिका पदाधिकारीहरुले पनि डाटा लिक जस्तो गलत कार्यको दु:ख व्यक्त गर्दै त्यस्तो गैरकानुनी कार्यको लागि आफुहरु पनि साथ रहेको र आफ्नो हकको लागि लड्न सहयोग गर्ने बचन दिएका छन्।

सबै उम्मेद्वारहरु आगामी चुनावको तयारीमा लगेर धमाधम सदस्य बनाउन र आफ्नो मतदाता बढाउन लागेको बेलामा शेर्पा आफु भने जनचेतना जगाउन र एनआरएनए एनसीसीलाई नै जवाफदेहि बनाई डाटा प्रोटेक्सनको लागि सकेसम्म सचेत रहन सर्वसाधारणहरुलाई आग्रह गर्दैछन। उनले एनआरएनए एनसीसी बेलायतसंगको वार्ताबाट चांडै समस्याको समाधान गर्ने अपेक्षा राखेका छन्।

शेर्पाले एनआरएनए एनसीसी युकेलाई पठाएको चिठी जस्ताको तस्तै:

ADVERTISEMENT-----