साङ्केतिक तस्बिर:साभार वेब

मृगौला झिकेर किनबेच तथा प्रत्यारोपण गरेको आरोपमा पाँच जना पक्राउ

Hollywood Khabar October 15,2019 Comments

२९ असोज ललितपुर।ललितपुरस्थित निदान अस्पतालले एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मृगौला झिकेर किनबेच तथा प्रत्यारोपण गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।मानव बेचबिखन अनुसन्धान व्यूरोले अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ)समेत पाँच जनालाई पक्राउ गरेको हो।

प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले एक व्यक्तिको नाममा अर्कैको मृगौला झिकेर किनबेच तथा प्रत्यारोपण गराएको भन्दै अस्पतालका सिइओ विपेन्द्र प्रधान, अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, मृगौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको हो।

उनीहरू विरूद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार अनुसन्धान र कारबाही हुनेछ।