-गायीका मिङ्स लामा

डम्फुमा बजाउ ओइ च्यांङ्गबा सेलोमा गाउँछु म, मिङ्स लामा जिनियस म्युजिक अवार्डको उत्कृष्ट नोमिनेशनमा

Hollywood Khabar May 18,2019 Comments

कृष्ण के सी/अमेरिका/५/१९/१९

डम्फुमा बजाउ ओइ च्यांङ्गबा सेलोमा गाउँछु म लगायत थुप्रै गीत गाएर चर्चा कमाएकी गायीका मिङ्स लामा जिनियस म्युजिक अवार्डको उत्कृष्ट नोमिनेशनमा परेकी छन्।

आफू जिनियस म्युजिक अवार्डको वेष्ट फिमेल सिंगर-तामाङ सेलोमा उत्कृष्ट गायीका नोमिनेशनमा परेको कुरा मिङ्सले बताइन। हलिउडखबरसँग कुरा गर्दै लामाले भनिन- आफूले गाएका सेलोहरु अरु पनि चर्चामा छन्। तर यो पटक भने डम्फुमा सेलो गीत जिनियस म्युजिक अवार्ड २०७५ को लागि नोमिनेशन गरेकी हुँ। सौभाग्यवास उत्कृष्ट महिला गायिकामा परेको छ।

तर मेरो गीत जित्नको लागि अब भोट गर्नुपर्छ। यो गीतलाइ भोट गर्न GMA 29A टाईप गरेर ३५००५ मा म्यासेज गर्नुपर्छ।

मिङ्स लामाको स्वर रहेको डम्फुमा सेलो-डम्फुमा बजाउ ओइ च्यांङ्गबा सेलोमा गाउँछु म- आशुसेन लामाले शब्द अनि संगीत गरेका हुन्। आजकल प्राय पार्टी र समझममा बज्ने गरेको यो गीतलाइ फडिण्द्र राईको एरेञ्ज र दिपेश तामाङको मिक्सिङमा गरेको कुरा लामाले बताइन।

त्यसैगरी म्यूजिक भिडियोमा पल शाह र सुमी मोक्तानको अभिनय छ भने सोनाम लामा ब्लोनले यसलाई निर्माणमा गरेका हुन्। राजिव समरको कोरियोग्राफी र धिरजजंग शाहको क्यामेरालाइ निकेश खड्काले निर्देशन गरेको जानकारी यूट्यूबमा देख्न सकिन्छ।

भिडियो लिंक

https://www.youtube.com/watch?time_continue=15&v=ay9TnYMy7o8