https://www.youtube.com/embed/ay9TnYMy7o8

Nepali Singer Mings Lama

गायिका मिङ्स लामाको डम्फुमा सेलोले रनक लियो

Hollywood Khabar July 26,2018 Comments

कृष्ण के सी/अमेरिका
हुन त नेपाली ग्लामर दुनियाँमा धेरैजना सर्जकहरुलाई व्यक्तिगत रुपमा र सामाजिक संजालमा चिनेको छु। ति मथ्ये धेर-थोरैसंग कुरा पनि हुन्छ।   

तर छोटो र थोरै भेटघाटमा पनि राम्रो र लामो मित्रता जस्तो भएका मथ्येकी गायिका हो मिङ्स लामा। आफ्नो पहिलो गीतबाटै स्टेजमा हिट खाएकी लामा सबैखाले गीत गाउनुहुन्छ। तर पनि अलिकति रक-पप तिर धेरै चर्चा चलेको छ उहाँको।

भर्खरै मात्रै सार्वजनिक भएको डम्फुमा सेलो गीतमा अर्को एउटा छुट्टै पहिचान बनाउन सफल हुनु भएको छ लामा। हुन त गायिका मिङ्स लामाको नाचन च्याङ्बा नाचन फनफनी घुमी कम्मर भाचन गीत पहिला नै हिट छ। अनि ऐलेको गीत डम्फुमा सेलो पनि फेरि चर्चामा आएको छ। लामाले आज छोटो कुराकानी गर्दै भन्नुभयो डम्फुमा सेलो गीत झनै धेरै मन पराउन थालियो यसैमा खुसी छु।
डम्फुमा सेलो गीतलाइ सोनाम लामा ब्लोनले बजारमा ल्याउनु भएको हो। गीतको शब्द र संगीत अशुसेन लामाको, एरेन्ज फणिन्द्र राइ, भिडियो निर्देशन निकेश खडका र आर्टिस्ट सृष्टि थापा मगर, पल शाह र सुमी कोक्तानले गर्नुभएको छ।