Donal Trump, US President

राष्ट्रपति ट्रम्पको उद्घोष: मध्येम दुरीका क्षेप्याश्त्र सुद्रिढ गरिने

Hollywood Khabar October 21,2018 Comments

केहि दिन देखि रुस र अमेरिकाबीच ३ दशक पुरानो मध्येम दुरीको क्षेप्याश्त्र सम्बन्धि सन्धिको बिषयलाइ लिएर किच-किच सुरु भएको छ। शितयुद्धकालीन समय रुस र अमेरिकाबीच भएको मध्येम दुरीको क्षेप्याश्त्र उत्पादनमा प्रतिबन्ध गरिएको सन्धिलाइ रुसले कयौ पटक उल्लंघन गरेको भन्दै अमेरिकाले सन्धि तोड्ने मानसिकता बनाएको छ।

सोहि बिषयलाई लिएर एक पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले रुस र चीनमाथि दबाब सिर्जना गर्नको लागि अमेरिकाले आफ्नो पारमाणविक अश्त्रभण्डार सुदृढ पार्ने घोषणा गरेका छन्। यस अघि नै राष्ट्रपति ट्रम्पले मध्यम दूरीको पारमाणविक क्षेप्यास्त्रसम्बन्धी आईएनएफ सन्धिको रुसले उल्लङ्घन गरेकोले आफू सन्धि तोड्ने पक्षमा रहेको बताएका छन्। उता रुसले भने तेस्तो उल्लङ्घन नगरेको बताएको छ। यसै बीच रुसले पनि अमेरिकाले मध्येम दुरीको क्षेप्याश्त्र उत्पादन गर्न थालेमा आफूले पनि सुरु गर्ने धम्की दिएको छ।